भयाे लाज कस्ताे शहर् गाउँ सारा
फलायाै दलाली बनी सर्वहारा
थियाे थाल्नु पर्ने नियात्रा सुनाैलाे
अनुष्ठान छाडी भयाै बातमारा
चुलाे बल्न छाड्याे महङ्गी बढायाै
तिमी भुल्न थाल्याै सहिद् वीर प्यारा
गरा खेत जाेत्ने खियाएर बाहु
किसान सर्वहारा बनायाै विचारा
सुधारेर गल्ती नहिँडे तिमीले
सराप्ने छु भन्दैछ झापा र खारा
भयाै भ्रष्ट पाेस्ने उँधाे देश पार्ने
भनाैं के कसाेरी तिमी हाै सितारा
रमेश पन्त मीतबन्धु
महेन्द्रनगर, कञ्चनपुर









Discussion about this post