कैलाली – प्रगतिशील लेखक सङ्घ कैलालीको आयोजनामा स्रष्टा सृजना प्रस्तुति तथा साहित्यिक विमर्श कार्यक्रम सम्पन्न भएको छ। शनिबार प्रलेस कैलाली संयोजक ओमप्रकाश पुनको अध्यक्षता तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य शिवसिंह ओलीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
प्रतिभाहरूको साहित्यिक अभिमुखीकरण तथा पुस्तान्तरणकालागि नवोदित तथा अग्रज सर्जकहरूका बिचमा साहित्यिक विमर्श सहितको कार्यक्रममा पूर्व विधायक मञ्जु बम, नेपाल प्रज्ञाप्रतिष्ठान प्राज्ञ सभा सदस्य जनक रसिक, प्रलेस केन्द्रीय सदस्य तिलक सिंह, प्रलेस राष्ट्रिय परिषद सदस्य/प्रदेश उपाध्यक्ष जगदीश ओझा, प्रलेस प्रदेश सल्लाहकार लक्ष्मीप्रसाद पौडेल बरिष्ठ अतिथि रहेको कार्यक्रमको संयोजन प्रदेश उपाध्यक्ष/कैलाली इञ्चार्ज कोपिला शर्माले गर्नु भएको थियो।
प्रलेस कैलालीका सचिव तेजराज कपाडीद्वारा सञ्चालन गरिएको कार्यक्रममा साहित्यकार उर्मिला न्यौपानेले स्वागत मन्तव्य राख्नु भयेको थियो। कार्यक्रमका सभाध्यक्ष ओमप्रकाश पुनले कार्यक्रमको बारेमा जानकारी गराइएको कार्यक्रममा ३२ जना सर्जकका नेपाली तथा डोट्याली भाषाका ५० बढी रचना प्रस्तुत गरिएका थिए । साहित्यिक विमर्शका क्रममा सुदूरपश्चिमको प्रलेस गतिविधि तथा मुखपत्र ” ह्याँक “बारेमा मुखपत्रका प्रधान सम्पादक जगदीश ओझाले समीक्षात्मक मन्तव्य राखेका थिए भने प्राज्ञ जनक रसिकले कार्यक्रममा प्रस्तुत रचना तथा लेखनको वर्तमान प्रवृतिबारेमा समालोचनात्मक मन्तव्य राखेका थिए।
प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय शिव सिंह ओलीले साहित्यिक सांस्कृतिक सन्दर्भमा राज्यको लगानी र दृष्टिकोण नै कमजोर रहेको सन्दर्भमा प्रदेश सभामा आफूले सक्दो प्रयास गरिरहेको कुरा राखेका थिए। कार्यक्रममा पूर्व अन्तरिम सभा विधायक मञ्जु बम, केन्द्रीय सदस्य तिलक सिंह, सुप साहित्य समाजका महासचिव गणेश नेपाली, नेपाली लेखक सङ्घका अध्यक्ष वसन्त वागचन, सुप विश्वविद्यालयका सप्रा हरिकृष्ण कडायत, प्रलेस पूर्व के स सचिव बाबुराम आचार्य, जनसांस्कृतिक महासङ्घका केस सिबि चन्द, प्रलेस कैलाली सल्लाहकार जयदेव जोशी दार्चुले, व्यङ्ग्यकवि प्रभाकर भण्डारी, साहित्यकार गडसेरी माइला, , संस्कृतिकर्मी लिलाधर बास्कोटा, लगायतले साहित्यिक सन्दर्भका विविध विषयवस्तु सहित रचना प्रस्तुत गरेका थिए।
कार्यक्रममा काव्यिक विधाका गीत, गजल, मुक्तक ,छन्दबद्ध तथा मुक्तछन्दका सिर्जनाहरू प्रस्तोताहरूमा गणेशप्रसाद रेग्मी, शैलेन्द्रबहादुर सिंह, सत्यराज जोशी, तेज लुहार कोपिला, तीर्थराज जोशी, पदमप्रकाश साउद, राजबहादुर चन्द, तीर्थराज जोशी, बलराम उपाध्याय जयलक्ष्मी जोशी, गौरा धामी, कमला तिमिल्सिना, वसन्ती साउद, उर्मिला न्यौपाने, कोपिला अवस्थी, मीना बुढा, किरन बिश्वकर्मा, लवदेव धामी, आशिस भट्ट, लगायतका रहेका थिए। कार्यक्रम अत्यन्तै सान्दर्भिक रहेको र जनस्तरमा लैजानु पर्ने, सामाजिक सांस्कृतिक रूपान्तरणमा सर्जक र सिर्जनाको हुनु पर्ने, समालोचनात्मक चिन्तन सहित समय, श्रम, धन तथा वौद्धिकताको लगानी साहित्यमा हुनु पर्ने, निरन्तरको साधनाबाट नयाँकुरा खोज्ने र बाटो दैखाउने काम सर्जकले गर्न सक्नु पर्दछ भन्ने निष्कर्षात्मक बिचार अतिथि बक्ताहरूको रहेको थियो।









Discussion about this post