शेयर बजार परिसूचक नेप्से आज १३.८२ अंकले घटेर २,६५४.१५ विन्दुमा पुगेको छ। व्यापार समूहबाहेक सबै उपसूचक ओरालो लागेका छन्।
आज २०२ कम्पनीको शेयर मूल्य घट्दा ६४ कम्पनीको बढेको र १० कम्पनीको मूल्य स्थिर रह्यो। अपर लोहोरे खोला हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढ्दा एलएस होरिजन–१२ म्युचुअल फन्डको मूल्य साढे ६ प्रतिशतले घट्यो।
नेप्से घटे पनि कारोबार रकम भने बढेर ४ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ। आज ३४७ कम्पनीका १ करोड ८ लाख कित्ता शेयर किनबेच भएका छन्।










Discussion about this post