Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

लक्ष्मी माध्यामिक विद्यालयको वार्षिकोत्सव : विद्यार्थीका कला प्रर्दशनी 

प्रकाश भट्ट by प्रकाश भट्ट
फाल्गुन १५, २०८०
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरको एक सामुदायिक विद्यालयले फरक शैलीमा वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । भीमदत्त नगरपालिका १९ उल्टाखाम–बागफाँटामा रहेको लक्ष्मी माध्यामिक विद्यालयले फरक शैलीमा ४१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
वार्षिकोत्सव मनाउने केही विद्यालय मञ्चमा अतिथि भरिभराउ गरेर एकोहोरो भाषणबाजी गर्दै आएपनि लक्ष्मी माध्यामिक विद्यालयले फरक शैली अपनाएको छ । वार्षिकोत्सवका दिन विद्यार्थीले सिकेका आआफ्ना कला, ज्ञान प्रस्तुत गरेका छन । विज्ञान, प्रविधि, गणित, समाजिक सहितका विविध विषयका कला प्रस्तुत गरेका हुन । गेट प्रवेश गर्दादेखि मञ्चमा पुग्दासम्म अतिथिलाई स्वागतदेखि विद्यार्थीले आफूले सिकेका विषयको अवलोकन गराएका छन । यो देखेर अतिथि दङ परेका थिए ।

No description available.
तीन वर्ष अघि मात्रै उक्त विद्यालयको नेतृत्व पाएका मावि गणितका शिक्षक समेत रहेका प्रधानाध्यापक परमानन्द नाथको सामुदायिक विद्यालय बनाउने अवधारणा अलौकिक रहेको भन्दै उनको चौतर्फी प्रशंसा गरिएको छ । कार्यक्रममा सहभागि हुन आएका अभिभावक सहितका विभिन्न शिक्षा क्षेत्रका व्यक्तित्वले विद्यार्थीमा वृद्धि विकास भएको कलाबाट विद्यालयमा शैक्षिक सुधार भएको अनुभूति गरेका छन । 

No description available.
जिल्लामै पहिलो पटक गणित पार्क बनाएर विद्यार्थीलाई गणितप्रति थप आकर्षित गर्दै कमजोर धरातल रहेका विद्यार्थीको स्तरवृद्धि गर्ने योजना ल्याएका छन । वार्षिकोत्सव कार्यक्रममा लक्ष्मी माध्यामिक विद्यालयका प्रधानाध्यापक परमानन्द नाथले विद्यार्थीलाई कसरी ज्ञान अभिवृद्धि गर्ने योजनाका साथ विद्यालय अघि बढेको बताए । प्रअ नाथले दुई वर्ष अघि १ सय ८० विद्यार्थी भएको लक्ष्मीमा चालु शैक्षिकसत्रमा आइपुग्दा तेब्बर बढिले वृद्धि भएर ५ सय ८० पुगेको बताए । 

No description available.
प्रअ नाथले नर्सरीदेखि कक्षा १० सम्म अंग्रेजी, नेपाली दुवै माध्यमबाट पठन पाठन गरिएको बताए । ‘हामीले विद्यार्थीले सैद्धान्तिक ज्ञान घोटाउनु भन्दा व्यवहारिक जीवनोपयोगी प्राविधिक तथा अभ्यास गरेर शिक्षणविधि अपनाएका छौँ, ‘प्रअ नाथले भने, विद्यालयमा शैक्षिक गुणस्तरवृद्धि भइरहेको छ, भावी दिनमा समेत वृद्धि गर्ने हाम्रो संकल्प छ ।’ 

No description available.
कार्यक्रममा उत्कृष्ट शिक्षक बिरेन्द्र चौधरीलाई घोषितका साथै शिक्षकहरू रामदत्त भट्ट, टेकराज भट्ट, भागरथी पन्त, नरपती जोशीलाई सम्मान गरिएको छ । कार्यक्रममा स्वागत मन्तव्य राख्दै सहायक प्रअ प्रेमप्रकाश जोशीले शैक्षिक गुणस्तर वृद्धि भइरहेको बताए । कार्यक्रमको सभापतित्व समेत ग्रहण गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारीले न्यूनतम स्रोत साधनका बिच शिक्षकको मेहनत, अभिभावको साथ समर्थनले शैक्षिक स्तर वृद्धि गर्ने कार्य भइरहेको बताए । अध्यक्ष भण्डारीले सामुदायिक विद्यालयको सुधार एव वृद्धि विकासका लागि सरोकारवालाले समेत सहयोग गर्नुपर्नेमा जोड दिए ।

No description available.

कार्यक्रममा अतिथि कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले पछिल्ला दिनहरूमा लक्ष्मी माविको शैक्षिक स्तरवृद्धि भइरहेको औँल्याउँदै अनुशासनपूर्वक विद्यालय सञ्चालन हुँदा विद्यार्थीमा सुधार आएको बताए । विशिष्ट अतिथि भीमदत्त नगरका उपप्रमुख निलम लेखकले विद्यालयको वृद्धि विकासका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने आश्वासन दिइन ।

 कार्यक्रमका प्रमुख अतिथि सुप प्रदेश सरकारका पूर्वमन्त्री एव प्रदेश सभा सदस्य प्रकाश बहादुर रावलले लक्ष्मी माविको वृद्धि विकासका  लागि विगतमा पनि सहयोग गरेर अहिले पनि गर्दै आएको र भावी दिनमा समेत गर्दै जाने आश्वास दिए । नवनिर्मित भवनको उद्घाटनका साथै विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । शिक्षक टेकराज भट्ट र शिक्षिका ज्योति बोहरा (जोशी)ले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधि सहित विभिन्न शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो । 

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत
कन्चनपुर

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत

असार २२, २०८३
कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग
कन्चनपुर

कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग

असार १८, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बेरुजु उपसमिति गठन विवादमा, लेखा समितिको बैठक स्थगित

बेरुजु उपसमिति गठन विवादमा, लेखा समितिको बैठक स्थगित

असार २३, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार

असार २३, २०८३
प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेट

प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेट

असार २३, २०८३
मौसम अपडेट : जलवाष्पयुक्त हावाको प्रभावले बदली र वर्षा, सतर्कता अपनाउन आग्रह

आज देशका अधिकांश स्थानमा वर्षा, केही क्षेत्रमा भारी पानीको सम्भावना

असार २३, २०८३
नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

असार २३, २०८३
देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

असार २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व