सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लक्ष्मी माध्यामिक विद्यालयको वार्षिकोत्सव : विद्यार्थीका कला प्रर्दशनी 

कञ्चनपुर – कञ्चनपुरको एक सामुदायिक विद्यालयले फरक शैलीमा वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । भीमदत्त नगरपालिका १९ उल्टाखाम–बागफाँटामा रहेको लक्ष्मी माध्यामिक विद्यालयले फरक शैलीमा ४१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
वार्षिकोत्सव मनाउने केही विद्यालय मञ्चमा अतिथि भरिभराउ गरेर एकोहोरो भाषणबाजी गर्दै आएपनि लक्ष्मी माध्यामिक विद्यालयले फरक शैली अपनाएको छ । वार्षिकोत्सवका दिन विद्यार्थीले सिकेका आआफ्ना कला, ज्ञान प्रस्तुत गरेका छन । विज्ञान, प्रविधि, गणित, समाजिक सहितका विविध विषयका कला प्रस्तुत गरेका हुन । गेट प्रवेश गर्दादेखि मञ्चमा पुग्दासम्म अतिथिलाई स्वागतदेखि विद्यार्थीले आफूले सिकेका विषयको अवलोकन गराएका छन । यो देखेर अतिथि दङ परेका थिए ।

No description available.
तीन वर्ष अघि मात्रै उक्त विद्यालयको नेतृत्व पाएका मावि गणितका शिक्षक समेत रहेका प्रधानाध्यापक परमानन्द नाथको सामुदायिक विद्यालय बनाउने अवधारणा अलौकिक रहेको भन्दै उनको चौतर्फी प्रशंसा गरिएको छ । कार्यक्रममा सहभागि हुन आएका अभिभावक सहितका विभिन्न शिक्षा क्षेत्रका व्यक्तित्वले विद्यार्थीमा वृद्धि विकास भएको कलाबाट विद्यालयमा शैक्षिक सुधार भएको अनुभूति गरेका छन । 

No description available.
जिल्लामै पहिलो पटक गणित पार्क बनाएर विद्यार्थीलाई गणितप्रति थप आकर्षित गर्दै कमजोर धरातल रहेका विद्यार्थीको स्तरवृद्धि गर्ने योजना ल्याएका छन । वार्षिकोत्सव कार्यक्रममा लक्ष्मी माध्यामिक विद्यालयका प्रधानाध्यापक परमानन्द नाथले विद्यार्थीलाई कसरी ज्ञान अभिवृद्धि गर्ने योजनाका साथ विद्यालय अघि बढेको बताए । प्रअ नाथले दुई वर्ष अघि १ सय ८० विद्यार्थी भएको लक्ष्मीमा चालु शैक्षिकसत्रमा आइपुग्दा तेब्बर बढिले वृद्धि भएर ५ सय ८० पुगेको बताए । 

World Link Ads
Mahakali Polytechnic

No description available.
प्रअ नाथले नर्सरीदेखि कक्षा १० सम्म अंग्रेजी, नेपाली दुवै माध्यमबाट पठन पाठन गरिएको बताए । ‘हामीले विद्यार्थीले सैद्धान्तिक ज्ञान घोटाउनु भन्दा व्यवहारिक जीवनोपयोगी प्राविधिक तथा अभ्यास गरेर शिक्षणविधि अपनाएका छौँ, ‘प्रअ नाथले भने, विद्यालयमा शैक्षिक गुणस्तरवृद्धि भइरहेको छ, भावी दिनमा समेत वृद्धि गर्ने हाम्रो संकल्प छ ।’ 

Dirghayu Ads
Sana Kishan

No description available.
कार्यक्रममा उत्कृष्ट शिक्षक बिरेन्द्र चौधरीलाई घोषितका साथै शिक्षकहरू रामदत्त भट्ट, टेकराज भट्ट, भागरथी पन्त, नरपती जोशीलाई सम्मान गरिएको छ । कार्यक्रममा स्वागत मन्तव्य राख्दै सहायक प्रअ प्रेमप्रकाश जोशीले शैक्षिक गुणस्तर वृद्धि भइरहेको बताए । कार्यक्रमको सभापतित्व समेत ग्रहण गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारीले न्यूनतम स्रोत साधनका बिच शिक्षकको मेहनत, अभिभावको साथ समर्थनले शैक्षिक स्तर वृद्धि गर्ने कार्य भइरहेको बताए । अध्यक्ष भण्डारीले सामुदायिक विद्यालयको सुधार एव वृद्धि विकासका लागि सरोकारवालाले समेत सहयोग गर्नुपर्नेमा जोड दिए ।

No description available.

कार्यक्रममा अतिथि कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले पछिल्ला दिनहरूमा लक्ष्मी माविको शैक्षिक स्तरवृद्धि भइरहेको औँल्याउँदै अनुशासनपूर्वक विद्यालय सञ्चालन हुँदा विद्यार्थीमा सुधार आएको बताए । विशिष्ट अतिथि भीमदत्त नगरका उपप्रमुख निलम लेखकले विद्यालयको वृद्धि विकासका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने आश्वासन दिइन ।

 कार्यक्रमका प्रमुख अतिथि सुप प्रदेश सरकारका पूर्वमन्त्री एव प्रदेश सभा सदस्य प्रकाश बहादुर रावलले लक्ष्मी माविको वृद्धि विकासका  लागि विगतमा पनि सहयोग गरेर अहिले पनि गर्दै आएको र भावी दिनमा समेत गर्दै जाने आश्वास दिए । नवनिर्मित भवनको उद्घाटनका साथै विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । शिक्षक टेकराज भट्ट र शिक्षिका ज्योति बोहरा (जोशी)ले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधि सहित विभिन्न शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो । 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.