सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मुख्यमन्त्री भलिबल प्रतियोगितामा मन्त्र अस्पतालको निःशुल्क स्वास्थ्य उपचार 

कञ्चनपुर । महेन्द्रनगरको खुला मञ्चमा आइतबारदेखि शुरु भएको तेस्रो मुख्यमन्त्री पुरुष भलिबल प्रतियोगितामा मन्त्र अस्पतालले निःशुल्क प्राथमिक स्वास्थ्य उपचार गरिरहेको छ । भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि (मन्त्र अस्पताल) ले निःशुल्क प्राथमिक स्वास्थ्य सेवा प्रदान गरिरहेको हो ।

मन्त्र अस्पतालका निर्देशक डा. गोबिन्द रोकायाले समाजिक दायित्व अन्तरगत राष्ट्रिय स्तरको प्रतियोगितामा खेलाडी एव दर्शकलाई अकस्मात् चोटपटक लागेपछि प्राथमिक उपचार सेवा प्रदान गरिरहेको बताए । निर्देशक डा. रोकायाका अनुसार देशैभरी भलिबलका खेलाडी, कोच सहितका आम दर्शकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै अस्पतालका तर्फबाट निःशुल्क प्राथमिक उपचार सेवा दिइरहेको बताए ।

‘हामीले हाम्रो हेल्थ डेस्कमा आउने खेलाडी एव दर्शकलाई प्राथमिक उपचार निःशुल्क रुपमा दिइरहेका छौँ, ‘उनले भने ‘खेलाडको हकमा थप स्वास्थ्य सेवा समेत प्रदान गर्नेछौँ ।’ यस अघि पनि विभिन्न प्रतियोगिताहरूमा मन्त्र अस्पतालले स्वास्थ्य डेस्क नै राखेर निःशुल्क प्राथमिक उपचार गराउँदै आएको छ । 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.