Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

१२ शय्याबाट सुरु, १ करोड ६६ लाखको आँखा परीक्षण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २, २०८३
१२ शय्याबाट सुरु, १ करोड ६६ लाखको आँखा परीक्षण
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पूर्वी नेपालका नागरिकलाई सहज र सुलभ आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सिरहाको लहानमा १२ शय्याबाट सुरु भएको आँखा उपचार सेवा अहिले लाखौँ बिरामीको भरोसाको केन्द्र बनेको छ। स्थानीय समुदाय, नेपाल नेत्रज्योति सङ्घ र अन्तर्राष्ट्रिय सहयोगको सहकार्यमा विकसित यो सेवा विराटनगरसम्म विस्तार भएको छ।

सन् १९८३ मा क्रिस्टोफेल ब्लाइन्डेनमिसन (सीबीएम) सँग आबद्ध चिकित्सक ए. हेनिङको पहलमा लहानस्थित तत्कालीन सार्वजनिक जिल्ला अस्पतालमा १२ शय्याको आँखा उपचार केन्द्र स्थापना गरिएको थियो। पछि स्थानीय समाजसेवीले जग्गा उपलब्ध गराएपछि सीबीएमको आर्थिक तथा प्राविधिक सहयोगमा ५० शय्याको सगरमाथा चौधरी आँखा अस्पताल निर्माण गरिएको थियो। सन् १९८६ मा तत्कालीन राजा वीरेन्द्र शाहले अस्पताल भवनको शुभारम्भ गरेका थिए।

लहानमा बढ्दो बिरामी चाप र दक्ष जनशक्ति व्यवस्थापनको आवश्यकतालाई ध्यानमा राख्दै सन् २००६ सेप्टेम्बर १३ मा विराटनगर आँखा अस्पताल स्थापना गरियो। सुरुमा ८० शय्याबाट सञ्चालन भएको अस्पताल सन् २००९ सम्ममा ३०० शय्याको क्षमतामा विस्तार भएको थियो। सन् २०११ मा अस्पतालको नयाँ भवनको शुभारम्भ गरिएको थियो।

अस्पतालहरूले नियमित उपचारसँगै निःशुल्क आँखा परीक्षण तथा शल्यक्रिया शिविर, विद्यालयमा दृष्टि परीक्षण, घरदैलो कार्यक्रम र जनचेतनामूलक गतिविधिमार्फत ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म सेवा पुर्‍याउँदै आएका छन्।

नेपाल नेत्रज्योति सङ्घको विवरणअनुसार सन् २०२५ मा यस उपचार प्रणालीअन्तर्गत १४ लाख ३१ हजार २८८ जनाले आँखा परीक्षण सेवा प्राप्त गरेका थिए भने एक लाख ३२ हजार २१३ वटा शल्यक्रिया गरिएको थियो। सोही वर्ष एक लाख ३३ हजार ३१६ जनाले चस्मा प्राप्त गरेका थिए।

स्थापनाकालदेखि सन् २०२५ सम्ममा एक करोड ६६ लाख ३१ हजार ९५० जनालाई आँखा परीक्षण सेवा प्रदान गरिएको र २४ लाख ९९ हजार ८९३ वटा शल्यक्रिया गरिएको तथ्याङ्कमा उल्लेख छ।

यी अस्पतालमा नेपालका विभिन्न जिल्लासँगै भारत र बङ्गलादेशबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन्। अस्पतालको विकासले स्थानीय स्वास्थ्य सेवाको पहुँच बढाउनुका साथै होटल, यातायात, भोजनालय र अन्य व्यवसायको गतिविधि विस्तारमा पनि योगदान पुर्‍याएको छ।

१२ शय्याबाट सुरु भएको यो यात्रा अहिले आँखा उपचार सेवाको विस्तार र समुदायको सहकार्यको उदाहरण बनेको छ। आगामी दिनमा उपचारको गुणस्तर, दक्ष जनशक्ति र आर्थिक तथा भौगोलिक रूपमा पछाडि परेका नागरिकको पहुँचलाई थप सुदृढ बनाउनु प्रमुख चुनौतीका रूपमा रहेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

देश शोकमा रहेकाले कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने
फ्ल्यास हेडिङ

देश शोकमा रहेकाले कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

कार्तिक २, २०८३
२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन
अर्थतन्त्र

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन

कार्तिक २, २०८३
गोस्फोर्डमा खुकुरी रेस्टुरेन्टको नयाँ शाखा, नेपाली खानाको पहिचान विस्तार गर्ने लक्ष्य
अर्थ/ब्यापार

गोस्फोर्डमा खुकुरी रेस्टुरेन्टको नयाँ शाखा, नेपाली खानाको पहिचान विस्तार गर्ने लक्ष्य

कार्तिक २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

देश शोकमा रहेकाले कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

देश शोकमा रहेकाले कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

कार्तिक २, २०८३
२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन

कार्तिक २, २०८३
गोस्फोर्डमा खुकुरी रेस्टुरेन्टको नयाँ शाखा, नेपाली खानाको पहिचान विस्तार गर्ने लक्ष्य

गोस्फोर्डमा खुकुरी रेस्टुरेन्टको नयाँ शाखा, नेपाली खानाको पहिचान विस्तार गर्ने लक्ष्य

कार्तिक २, २०८३
१२ शय्याबाट सुरु, १ करोड ६६ लाखको आँखा परीक्षण

१२ शय्याबाट सुरु, १ करोड ६६ लाखको आँखा परीक्षण

कार्तिक २, २०८३
महाअष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा

महाअष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा

कार्तिक २, २०८३
पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना

कार्तिक २, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व