कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर स्थित कभर्ड हलमा जारी १६ औं एनप्याब्सन खेलकुद महोत्सवमा तेस्रो दिन आधारभुत र माध्यमिक तहमा विभिन्न खेलहरू सम्पन्न भएका छन्। शनिबार तेस्रो दिन आधारभुत र माध्यमिक तहमा ४x१०० रिले दौड, २०० मिटर दौड, ४०० मिटर दौड, १५०० मिटर दौड, हाइजम्प र भलिबल लगायतका खेलहरू सम्पन्न भएका खेलकुद संयोजक बलदेव भट्टले बताएका छन्।

जसबाट माध्यमिक तह ‘क’ अन्तर्गत छात्रा ४x१०० रिले दौडमा अनिरुद्र सेकेण्ड्री स्कुलका निशा ऐर, अनिशा ओड, गरिमा साउद विविशा साहु प्रथम, डायमन्ड एकेडेमीका यमुना बम, पुस्पा थापा, शिक्षा बिष्ट, उषा भण्डारी द्वितीय र भुवनेश्वरी विद्या मन्दिरका गरिमा भट्ट, पल्लवी नाथ, राधिका कार्की र रेजिना चन्दले तृतीय स्थान प्राप्त गरेको छ। छात्र ४x१०० रिले दौडमा लिटिल बुद्ध एकेडेमीका शुसिल रोकाया, पदम, जिवन भट्ट, निखिल ऐर प्रथम, किड्स इन्टरनेसनलका रचित ऐर, राकेश कुँवर, विशाल ऐर, तिलक बिष्ट द्वितीय र फ्लोरिडा इन्टरनेसनलका समिर कामी, सुवास बिक, मनिस बोहरा र रिसब कोहली तृतीय भएका छन्।

माध्यमिक तह ‘ख’ अन्तर्गत छात्र ४x१०० रिले दौडमा आशिष महर, दिपेस भाट, सुवास चन्द, जेसिस पाल प्रथम, लिटिल बुद्ध एकेडेमीका अनिस साउद, पुकार चन्द, प्रितम राना, अनुपम बिष्ट द्वितीय र रेडियन्ट सेकेण्ड्रिका समिर सुनार, दिपक खत्री, कैलाश भट्ट, कुबेर धामी तृतीय भएका छन् भने छात्रातर्फ अनिरुद्र सेकेन्डरीका स्कुलका सरिता साउद, बन्दना बिष्ट, गरिमा साउद, निशा ऐर प्रथम, भूमिका चन्द, रिता धामी, रिया बम, स्नेहा कलौनी द्वितीय र रेडियन्ट सेकेण्ड्री स्कुलका गायत्री पन्त, स्मृति चन्द, भावना साउद र ज्योत्सनाले तृतीय स्थान हात पारेको छ।

आधारभुत तह ‘क’ अन्तर्गत छात्र ४x१०० रिले दौडमा अनुपम एजुकेशनका पारस चन्द, उत्सव बिष्ट, बिशाल भट्ट, रूपेश जोशी प्रथम, फ्लोरिडा इन्टरनेसनलका रुपेस नाथ, बिशन बस्नेत, रिषभ चन्द, मनोज सुनार द्वितीय र किडस् ईन्टरनेसनलका सुमन चुनारा, आसिष सुनार, टेक भट्ट, कविर ऐर तृतिय भएका छन् भने छात्रातर्फमा अनुपम एजुकेसनलका अनु चौधरी, सृष्टी बोहरा, शुसिल साहु, आष्मा मल्ल प्रथम, युनाइटेड सेकेण्ड्री स्कुलका नर्दा खडका, आष्मा चौधरी, रोसनी बुडाल, संध्या चौधरी द्वितिय र रोजी एक्सक्लुसिभका समिक्षा भण्डारी, हरिना कुवर, सुप्रिया खत्री र सपना पार्की तृतीय हुन सफल भएका छन्।

आधारभुत तह ‘ख’ अन्तर्गत छात्रा ४x१०० रिले दौडमा भुवनेश्वरी विद्या मन्दिरका निशा बिक, आहाना ओखेडा, मनिषा नाथ, राधिका कार्की प्रथम, अनुपम एजुकेशनलका दिया बोहरा, अञ्जली बोहरा, बबिता जोशी, ज्योति ओझा द्वितीय, महाकाली मोडर्न पब्लिक स्कुलका अंकिता बिष्ट, आरती बिष्ट, सिम्रन खडायत र ऋतु चौधरी तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् भने छात्रतर्फको ४x१०० रिले दौडमा किडस इन्टरनेसनलका रिजन बुडा, विशाल ऐर, नविन ऐर, सचिन कुँवर प्रथम, भुवनेश्वरी विद्या मन्दिरका संकल्प लावड, आकाश चन्द, पंकज क्षेत्री, सागर भाट द्वितिय र अनिरुद्र सेकेण्ड्री स्कुलका प्रकाश बोहरा, दिपेश अवस्थी, सुमित बिक र मनिष चौधरी तृतिय भएका छन्।

आजै सम्पन्न माद्यमिक तह ‘क’ अन्तर्गत छात्र २०० मिटर दौडमा फ्लोरिडा इन्टरनेसनलका समिर कामी प्रथम, भुवनेश्वरी विद्या मन्दिरका सुरज सिहं बुढा द्वितीय र सार्क एजुकेसनका भरत भण्डारी तृतीय भएका छन् भने छात्रातर्फको २०० मिटर दौडमा डायमन्ड एकेडेमीकी यमुना बम प्रथम, अनिरुद्र सेकेण्ड्रीकी निशा ऐर द्वितीय र जनज्योति सेकेण्ड्रीकी भावना भट्ट तृतीय भएकी छन्।

माध्यमिक तह ‘क’ अन्तर्गत छात्रा ४०० मिटर दौडमा डायमण्ड एकेडेमीकी यमुना बम प्रथम, रोजी एक्सक्लुसिभकी आकृती चन्द द्वितीय र अनिरुद्र सेकेण्ड्रीकी अनिशा ओड तृतीय भएकी छन् भने छात्र तर्फमा लिटिल बुद्ध एकेडेमीका बिमल पन्त प्रथम, मर्निङ ग्लोरी सेकेण्ड्रीका प्रशान्त चन्द द्वितिय र रेडियन्ट सेकेण्ड्रीका राकेश कुवर तृतीय हुन सफल भएका छन्।

माध्यमिक तह ‘क’ अन्तर्गत छात्र हाइजम्पमा अनिरुद्र सेकेण्ड्री स्कुलका सन्देश पाण्डेय प्रथम, लिटिल बुद्ध एकेडेमीका अनिल पाण्डेय द्वितीय, किडस् इन्टरनेसनलका रचित ऐर र द ब्राइट फ्युचरका पारस औजी तृतीय भएका छन् भने छात्रातर्फमा अनिरुद्र सेकेण्ड्री स्कुलकी सरिता साउद प्रथम, रोजी एक्सक्लुसिभकी पार्वती डंगौरा, किडस इन्टरनेसनलकी गरिमा ऐर द्वितीय र भुवनेश्वरी विद्या मन्दिरकी पल्लवी नाथ तृतीय भएकी छन्।

माध्यमिक तह ‘ख’ अन्तर्गत छात्र हाइजम्पमा रोजी एक्सक्लुसिभका आयुस राना प्रथम, रेडियन्ट सेकेण्ड्रीका हरिस साउद द्वितीय र लिटिल बुद्ध एकेडेमीका प्रितम राना तृतीय भएका छन् भने छात्रा हाइजम्पमा आदर्श विद्या निकेतनकी स्नेहा कलौनी प्रथम, रेडियन्ट सेकेण्ड्रीकी स्वस्तिका चौधरी द्वितीय र लिटिल बुद्ध एकेडेमिकी भुमिका चन्द तृतिय भएकी छन्।

माध्यमिक तह ‘क’ अन्तर्गत छात्र १५०० मिटर दौडमा सन्तोष बिष्ट प्रथम, रोजी एक्सक्लुसिभका प्रशान्त चन्द द्वितीय र द ब्राइट फ्युचरका रविन्द्र सिंह नेगीले तृतीय स्थान हात पारेका छन्।
त्यसैगरी माध्यमिक तह ‘क’ अन्तर्गत छात्रा भलिबलमा विस्डम एकेडेमी प्रथम, ऐस एकेडेमी द्वितीय, ग्वाल्लेक र लिटिल बुद्ध एकेडेमी तृतीय हुन सफल भएको छ भने तह ‘क’ अन्तर्गत छात्र भलिबलमा विस्डम एकेडेमी प्रथम, डायमण्ड एकेडेमी द्वितीय, जनज्योति र भुवनेश्वरी विद्या मन्दिर तृतीय हुन सफल भएका छन्।

माध्यमिक तह ‘ख’ अन्तर्गत छात्रा भलिबलमा लिटिल बुद्ध एकेडेमी प्रथम, आदर्श विद्या निकेतन द्वितीय, रोसी एक्सक्लुसिभ र जनज्योति सेकेण्ड्री स्कुल तृतीय भएको छ भने माध्यमिक तह ‘ख’ अन्तर्गत छात्र भलिबलमा रोसी एक्सक्लुसिभ प्रथम, लिटिल बुद्ध एकेडेमी द्वितीय, आदर्श विद्या निकेतन र मर्निङ ग्लोरी सेकेण्ड्री स्कुल तृतीय हुन सफल भएको छ।

खेल संयोजक भट्टका अनुसार बाँकी रहेको ५००० मिटर दौड आइतबार बिहान ८ बजे हुने र त्यसपछि १२ बजे महेन्द्रनगरस्थित खुल्ला मञ्चमा खेल महोत्सव समापन र पुरस्कार वितरण कार्यक्रम रहेको छ।

तेस्रो दिनको खेलमा विज्डम एकेडेमीले २, लिटिल बुद्ध एकेडेमीले ३, रोजी एक्सक्लुसिबले २, अनुपम एजुकेसनल एकेडेमीले २, भुवनेश्वरी विद्या मन्दिरले १, किड्स इन्टरनेसनलले २, अनिरुद्र एकेडेमीले ४, फ्लोरिडाले १, डायमण्डले २ र आदर्श विद्या निकेतनले २ स्वर्ण सहित प्राप्त गरेको छ।









Discussion about this post