बिरेन्द्र सिहं साउद, कञ्चनपुर । सरल जीवन नै सुन्दर जीवन हो “जीवन लाई जति जटिल बनाउँछौं त्यति समस्यामा फस्छौं।” मानिस यस सृष्टि जगतमा सबै प्राणीहरू मध्ये सर्वश्रेष्ठ प्राणी मानिन्छ। मानिसको जीवन अरु प्राणीको तुलनामा धेरै जटिल छ। जबकि मानिस यस प्राणी जगतमा सबैभन्दा व्यवस्थित र विकसित छ।
तर मानिस बाहेक अरु प्राणीको जीवन सरल र सहज छ। मानिसको जीवन यतिधेरै व्यवस्थित र विकसित भएर पनि ऊ धेरै मानसिक तनावमा किन हुन्छ ? आफ्नै जीवन देखि निराश भएर डिप्रेसनमा किन जान्छ? कसैले आत्महत्या त कसैले आफ्नै शरीरमा आगो लगाइ मर्छन् भने कसैले भिरबाट हामफाल्ने र नदिमा हामफाल्ने गर्छन किन ? हो आज जुन प्राणी यो जगतमा यति धेरै व्यवस्थित र विकसित छ त्यहीँ नै यति धेरै तनाव, छट्पटी, पीडा र समस्यामा छ, यसको एउटै कारण हो उसले आफ्नो जीवन हरेक दिन जटिल बनाउदै जानु। अरुप्रणीले जन्मनु छ, मस्त बाच्नु छ र मर्नु छ।
मानिसलाई यतिले पुग्दैन मानिसलाई त पुस्तौं पुस्ता सम्म लाई कमाउनु छ बचाएर राख्नु छ। त्यसैले मानिस समस्यामा र पीडामा हुन्छ।किनकी उसले अरुभन्दा बडी कमाउनु अरुभन्दा बडी सफल हुनु छ, सबैभन्दा बडी शक्तिशाली हुनुछ ,अरुलाई उछिनेर भएरै अगाडि बड्नु छ। यस्तो भुमरीमा फसिसकेपछि अनि तनाव त हुनेनैछ। बाघले आजको सिकार आजै गर्छ। भोलिको लागि थुप्रो कुनै पनि अन्य प्राणीले राख्दैन र निस्फिक्री बाँचेछन्। त्यसैले यि प्रणालीले जीवन सरल र सुन्दर जीवन बाँचिरहेका छन्। त्यसै जीवनलाई जटिल हैन सरल बनाउने हो।
यसको अर्थ यो हो कि आफ्नो स्वभावमा बाचौं, भीडको जीवन बाचे झै नबाचौं , अरुलाई जित्नका लागि नबाचौ कि आफ्नै लागि बाचौ, अरुलाई देखाउनका लागि नबाचौ जीवनका लागि बाचौ, जिम्मेवारी भन्दा बडी जिम्मेवार नबनु, सोच्नु नपर्नेकुरा नसोचु, प्रकृतिको नजिक रहेर बाचौ नकि प्रकृतिको विरुद्ध । हो यी समस्या बाट बाहिर आउ। जीवनलाई सरल बनाएर बाचौ जन्मेका छौ मस्त बाचौ, अनि भव्य मृत्यु मरणगरु ।सरल जीवनै सुन्द जीवन हो, यहीँ स्वर्ग र परमानन्द हो।









Discussion about this post