सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैैजनाथ आधारभूत विद्यालयको ३४ औैँ बार्षिकोत्सव सम्पन्न

कञ्चनपुर । कञ्चनपुरको उत्तरी दुर्गमबस्तीमा रहेको एक आधारभूत विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शुक्लाफाँटा नगरपालिका ८ पारीफाँटामा रहेको बैजनाथ आधारभूत विद्यालयको ३४ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।

आइतबार एक कार्यक्रमका विच उक्त विद्यालयले विवित कार्यक्रम गर्दै बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

कार्यक्रममा विद्यालयका शिक्षक सनद ठगुन्नाले स्वागत मन्तव्य राख्दै सरोकावाला पक्षको सहयोग, सद्भावले विद्यालयको बृद्धि विकास हुने अपेक्षा राखेका छन । उनले पछिल्ला दिनहरुमा विद्यालयबाट शिक्षकहरुले शैक्षिक गुणस्तरका लागि अथक प्रयासकै कारण विद्यार्थीको आकर्षण बढिरहेको बताए ।

‘यो गाँउको सामुदायिक विद्यालय हो, ‘उनले भने, ‘यसको बृद्धि विकासका लागि सबै सरोकारवाला निकायको सहयोग आवश्यक छ ।’

Mahakali Polytechnic

बार्षिकोत्सव कार्यक्तमको उद्घाटन गर्दै शुक्लाफाँटा नगरका मेयर रण बहादुर महराले पालिबाट विद्यालयको भौतिक पूर्वाधार विकासका लागि आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो । मेयर महराले ग्रामिण भेगमा रहेको उक्त सामुदायिक विद्यालय नमुना बनाउन योजना दिने बताए । उनले उक्त क्षेत्र ऐतिहासिक धार्मिक पर्यटकीय गन्तव्य समेत रहेकाले शैक्षिक बृद्धि विकासका लागि पहल गर्ने बताए । प्रमुख अतिथि समेत रहेका मेयर महराले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तरत निर्माण भएको चारकोठे पक्की भवनको समेत उद्घाटन गर्दै शैक्षिक कार्यक्तम प्रभावकारी संचालनमा जोडदिए ।

World Link Ads

कार्यक्रमका बिशिष्ठ अतिथि समेत रहेका शुक्लाफाँटा नगरपालिका ८का वडाध्यक्ष बहादुर सिह महराले सामुदायिक विद्यालयको बृद्धि विकासका लागि वडाबाट सक्दो पहल योजना बनाउने बताए । ‘मैले वडा कार्यालयका तर्फबाट सक्दो पहल गर्छु, ‘वडाध्यक्ष महराले भने, ‘सबैले आ–आफ्नो तर्फबाट शैक्षिक सुधारका लागि पहल गर्नुपर्छ ।’

Sana Kishan

वडाध्यक्ष महराले हिजो भन्दा अहिलेका बर्षहरुमा शैक्षिक सुधार भईरहेको बताए । ‘अब सामुदायिक विद्यालयको स्तरबृद्धिको विकल्प छैन, ‘उनले भने, ‘शिक्षाका सरोकारवाला पक्षले आ–आफ्नो पक्षबाट भूमिका निर्वाह गर्नुपर्छ ।’

कार्यक्तममा शुभकामना मन्तव्य दिने अभिभावकहरुले पछिल्ला बर्षहरुमा शैक्षिक सुधार भईरहेको अनुभव पोखेका छन ।

कार्यक्रमको अध्यक्षता समेत ग्रहण गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अकबर बोहराले शिक्षक, अभिभावकको पहलमा शैक्षिक सुधार भईरहेको बताए । उनले आगामी दिनमा तीनै तहका सरकारी निकायमा विद्यालयको भौतिक संरचना निर्माणका लागि पहल गर्ने बताए । विद्यालयका सहायक प्रद्यानाध्यापक पदम साउदले अभिभावकको साथमा शिक्षकहरुले शैक्षिक गुणस्तरबृद्धिका लागि अथक मेहनत गरेको बताए । ‘विद्यालयमा अतिरिक्त कक्षा संचालन गर्दै शैक्षिक स्तर बृद्धिका कार्यक्तम संचालन गर्दैछौँ, ‘उनले भने, ‘विद्यालयमा थप घेरबार,भौतिक संरचना आवश्यक छ ।’ उनका अनुसार प्रअ अमर सिह महरा, शिक्षकद्वय सनतसिह ठगुन्ना, मदनसिह ठगुन्ना सहितका शिक्षकले अतिरिक्त कक्षा संचालन गरेर विद्यार्थीको सिकाईमा अभिबृद्धि गरेका छन ।

विगतमा थोरै रहेका विद्यार्थी चालु शैक्षिक सत्र ०८० मा झण्डै साढे तीन सय रहेका छन । कार्यक्रममा उत्कृष्ठ विद्यार्थी, विभिन्न विद्यामा विजेता विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ । सुदूरपश्चिमेली छलिया सहितका नृत्य प्रस्तुत गरिएका छन । शिक्षक मदन सिह ठगुन्ना, शिक्षिका भागरथी धामीले संचालन गरेको कार्यक्तक्रममा जनप्रतिनिधी, विभिन्न दलका प्रतिनिधी, अभिभावक, विद्यार्थी सहितको सहभागिता रहेको थियो ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.