सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गृहमन्त्री लेखकद्वारा कालिका मन्दिरको दर्शन

गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको बेलौरी बजारमा अवस्थित कालिका मन्दिरको दर्शन गर्नुभएको छ । गृहमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला कञ्चनपुर आउनु भएका मन्त्री लेखकले मंगलबार अपराह्न बेलौरी स्थित कालिका मन्दिरको दर्शन गर्नुभएको कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशराज पन्तले जानकारी दिनुभयो । त्यस क्रममा ब्राह्मण तथा पुजारीबाट उहाँलाई अभिशेष समेत गरिएको थियो ।

मन्त्री लेखकलाई कालिका मन्दिर व्यवस्थापन समितिले विभिन्न माग राख्दै ज्ञापन पत्र समेत पेश गरेको छ । मन्दिर व्यवस्थापन समितिका सचिव मधु विलास ढुङ्गानाले ज्ञापन पत्र वाचन गरेर सुनाउनु भएको थियो । उक्त ज्ञापन पत्रमा विगतमा समेत मन्दिर निर्माणमा मन्त्री लेखकको पनि अतुलनीय सहयोग रहेको र आगामी दिनहरूमा समेत मन्दिरको सर्वाङ्गीण विकासका लागि आवश्यक सहयोगको अपेक्षा गरिएको उल्लेख गर्दै मन्त्री लेखकलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ । मन्त्री लेखकले आफ्नो तर्फबाट सकिने सहयोगका लागि तत्परता जनाउनु भएको छ ।

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.