कहिले काम गर्दैन उद्योग गर्दैन किन होला
प्रतिस्पर्धामा झन पछाडि पर्दैन किन होला
कस्तो हन्तकाली शासक जन्मायौ गणतन्त्र
देशै खाएर नि उसको पेट भर्दैन किन होला
उसको समृद्धिले वर्षौदेखि शिखर चढ्दै छ
हाम्रो समृद्धि एक पाइला सर्दैन किन होला
भुकम्प,नाकाबन्दी, महामारी टर्यो देशमा
राष्ट्रियता माथिको खतरा टर्दैन किन होला
सुपुत्र पचास वर्ष टिक्दैन यो देशको कुपुत्र
शताब्दी बितिसक्दा पनि मर्दैन किन होला
✍️ धर्मानन्द भट्ट









Discussion about this post