सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

राष्ट्रियता माथिको खतरा टर्दैन किन होला ….

कहिले काम गर्दैन उद्योग गर्दैन किन होला

प्रतिस्पर्धामा झन पछाडि पर्दैन किन होला

 

कस्तो हन्तकाली शासक जन्मायौ गणतन्त्र

देशै खाएर नि उसको पेट भर्दैन किन होला

 

Mahakali Polytechnic

उसको समृद्धिले वर्षौदेखि शिखर चढ्दै छ

World Link Ads

हाम्रो समृद्धि एक पाइला सर्दैन किन होला

 

Sana Kishan

भुकम्प,नाकाबन्दी, महामारी टर्‍यो देशमा

राष्ट्रियता माथिको खतरा टर्दैन किन होला

 

सुपुत्र पचास वर्ष टिक्दैन यो देशको कुपुत्र

शताब्दी बितिसक्दा पनि मर्दैन किन होला

 

✍️ धर्मानन्द भट्ट 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.