काण्ड – १
याे दुनियाँमा एकादेश रछ
एकादेशमा शासन फटाहाहरुकाे रहेछ
सानासाना फटाहाहरु
सानाेतिनाे चाेरी गरेर जेलमा भेटिन्छन्
ठुलाठुला फटाहाहरु
ठुलाेठुलाे घुस खाएर
उच्च ओहदामा उप्परखुट्टि हालेका भेटिन्छन्
झन ठुला उच्च फटाहाहरु
संसदमा बकबक गरिरहेका देखिन्छन्
ठुला फटाहाहरु बाइचान्स
जेलमा परिहालेछन् भने
उच्च फटाहाहरुले निर्णय ठाेकेर
कानुनकाे धज्जी उडाएर
संबिधान दिवसमा
जेलमुक्त गर्छन् आममाफी दिएर
रमाइलो छ फटाहाहरुकाे कहानी
एउटा उच्च फटाहा
अर्को उच्च फटाहालाई चाेर भन्छ
अर्को उच्च फटाहा फेरि
अर्कोलाई भ्रष्टाचारी भन्छ
फेरि अर्को उच्च फटाहा अर्कोलाई
एक नम्बरको डाँका भन्छ
कुल मिलाएर एकादेशका फटाहाहरु
देश लुटेरा हुन् आलाेपालाे लुट्छन्
जनताले अधिकार मागे कुट्छन्
देश लुट्न नपाए फुट्छन्
फेरि लुट्ने कुरामिले जुट्छन्
गजबको छ यिनको चर्तिकला
जनता भाेकै मरुन या बाँचुन
बाल मतलब छैन्
विचित्रको त्याे एकादेशमा
दलालद्वारा दलालकैलागि
हाे कि ? लाग्ने शासन व्यवस्थामा
हालिमुहाली आखिर फटाहाहरु कै रहृेछ
मीतबन्धु
महेन्द्रनगर









Discussion about this post