किन किन हालत फेरिन्छ जस्तो लाग्दैन
यो देशमा गरिखान दिन्छ जस्तो लाग्दैन
हालत देख्दा के लाग्छ तपाइँको मनमा
झन अराजकता फैलिन्छ जस्तो लाग्दैन
इमानको सौदाबाजी गर्छन् दलालहरूले
सरकार मेरो श्रम बेचिन्छ जस्तो लाग्दैन
निराश युवाहरू अराजक हूल बन्दैछन्
यसरी गन्तव्यमा पुगिन्छ जस्तो लाग्दैन
चाउरिएकाहरूले कलिलाहरू नखेद्नु
विचरा गएपछि फर्किन्छ जस्तो लाग्दैन
छोरो यसैपाली भुइँ छोडेर उड्यो विदेश
अब चाहेको बेला भेटिन्छ जस्तो लाग्दैन









Discussion about this post