जनाता बाँच्न लड्दै छन् नेता कमाउन लड्दै छन्
बेसरम फटाहाहरू थाहा छैन के पाउन लड्दै छन्
लडाइ निरन्तर चलिरहेको छ बस फरक यत्ति हो
कोहि यो ज्यान कोही सत्ता जोगाउन लड्दै छन्
दरबार भनेको दरबार नै हुँदोरहेछ बल्ल बुझियो
पुगेको फर्किन खोज्दैन बाकी आउन लड्दै छन्
हजारौं सपनाहरूको चिहान बनेको एक मुटु छ
नयनहरू किन त्यहीँ सपना सजाउन लड्दै छन्
दलाल दलाललाई नै फकाउन जान्छन् अड्डामा
गजब कोही टिकाउन कोही ढलाउन लड्दै छन्
शासक सात पुस्ताको लागि सम्पती थुपार्दै छन्
मूर्ख यो जनता सोच्दैछ देश बनाउन लड्दै छन्









Discussion about this post