सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लडाइ निरन्तर चलिरहेको छ ….

जनाता बाँच्न लड्दै छन् नेता कमाउन लड्दै छन्

बेसरम फटाहाहरू थाहा छैन के पाउन लड्दै छन्

 

लडाइ निरन्तर चलिरहेको छ बस फरक यत्ति हो

World Link Ads

कोहि यो ज्यान कोही सत्ता जोगाउन लड्दै छन्

 

दरबार भनेको दरबार नै हुँदोरहेछ बल्ल बुझियो

पुगेको फर्किन खोज्दैन बाकी आउन लड्दै छन्

 

Sana Kishan

हजारौं सपनाहरूको चिहान बनेको एक मुटु छ

नयनहरू किन त्यहीँ सपना सजाउन लड्दै छन्

 

दलाल दलाललाई नै फकाउन जान्छन् अड्डामा

गजब कोही टिकाउन कोही ढलाउन लड्दै छन्

 

शासक सात पुस्ताको लागि सम्पती थुपार्दै छन्

मूर्ख यो जनता सोच्दैछ देश बनाउन लड्दै छन्

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close