कञ्चनपुर– बेलडाँडी गाउँपालिका–५ रौतेलीविचुवा स्वास्थ्य चौकीमा कार्यरत अनमि निलम भट्ट सम्मानित भएकी छिन् ।

कञ्चनपुर जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा सभामा उत्कृष्ट कार्य गरेबाफत उनलाई सम्मान गरिएको हो।

सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमल बहादुर शाहको प्रमुख आतिथ्यतामा सम्पन्न पूर्ण खोप जिल्ला घोषणा कार्यक्रममा जिल्लाका सबै पालिकामा उत्कृष्ट कार्य गर्ने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयम् सेविकालाई सम्मानित गर्ने कार्य योजना अनुसार बेलडाँडी गाउँपालिकामा उत्कृष्ट कार्य गरेबाफत अनमि भट्टलाई समेत सम्मानित गरेको जनाईएको छ ।
उनी विगत १८ वर्ष देखि रौतेलीविचुवा स्वास्थ्य चौकीमा कार्यरत छिन। रौतेली स्वास्थ्य चौकीमा प्रसुती सेवामा समेत उत्कृष्ट कार्य सम्पादन गरिरहेकी भट्टले आफ्नो कामको मूल्यांकन गरेर सम्मानित गरेकोमा थप जिम्मेवार बढेको अनुभूती गरेको बताइएको छ ।









Discussion about this post