कञ्चनपुर – कञ्चनपुरको दोदा नदीमा पुल निर्माणका लागि जनदवाव दिनका लागि नागरिक स्तरबाट समिति गठन गरिएको छ ।

शनिबार लालझाडी गाँउपालिका ५देखतभूलीका स्थानीयले दोदा नदीमा पुल निर्माणका लागि दवाव दिन नागरिक निगरानी समिति गठन गरेका छन ।
देखतभूलीका स्थानीय एव नागरिक निगरानी समितिका सदस्य अमर सिह धामीले निर्माण व्यवसायी र सरकारलाई जिम्मेबार बनाउन स्थानीय फट्टे रानाको संयोजकत्वमा नागरिक समिति गठन गरिएको बताए ।

उनका अनुसार सदस्यमा अरुण भारती, उमेश राना, तारा धामी, रोशन ऐरी, सन्दीप भट्ट, जन्नुराम राना, प्रकास राना, सन्तोष राना, राम कुमार राना, चमरुण, नन्दा राना कृष्ण धानुक रहेका छन ।
उक्त निगरानी समितिले पुल निर्माणका लागि कम्पनी सहितका निकाय घचघच्याउनेछ । लालझाडी गाँउपालिका ५का वडाअध्यक्ष पहल थापाले ०७२देखि हालसम्म देखतभूली पर्सिया जोड्ने दोदा नदीमा पुल निर्माण नगर्दा स्थानीय जनता मारमा परेको बताए । पश्चिम समाचार बाट









Discussion about this post