प्रकाश भट्ट, कञ्चनपुर : वेदकोटमा नगर स्तरीय लागू ओेषध ओसार पसार नियन्त्रण सम्बन्धि अभियान समिक्षा क्रार्यक्रम सम्पन्न भएको छ ।
सोमबार वेदकाेट नगरपालिकाकाे आर्थिक सहयाेगमा तथा नमुना महिला अधिकार मञ्च आयाेजनामा नगर स्तरीय लागू ओेषध ओसार पसार नियन्त्रण सम्बन्धि अभियान समिक्षा क्रार्यक्रम कार्यक्रम सम्पन्न भएको हो।
आज सम्पन्न भएको उक्त कार्यक्रममा वेदकाेट नगरपालिकाका नगर प्रमुख भाेजराज बाेहरा प्रमुख आतिथ्य तथा वेदकाेट नगरपलिका उप प्रमुख तुलसि जाेशीको अध्यक्षता रहेको थियो।
कार्यक्रममा सामुदायिक प्रहरी साझेदारीकाे पनि सहभागिता रहेकाे थियाे ।
समीक्षा कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी बेदकोटका नगर प्रमुख भोजराज बोहोराले भारत सँगको खुल्ला सीमा नाका भएकै कारण पनि कञ्चनपुर लागू औषध अधिक मात्रामा ओसार पोसार तथा सेवन भइरहेको बताए । सम्बोधनका क्रममा नगर प्रमुख बोहोराले भने , “लागू औषध सेवन वा ओसार पोसार गर्ने व्यक्तिलाई जेलमा राख्नु मात्रै समाधान होइन । त्यस्ता सेवनकर्तालाई समाजमा पुनर्स्थापना गर्ने तिर पनि सम्बन्धित सबैले सोच्नुपर्छ ।”लागू औषधको विकृति हटाउन आफ्नो नगरपालिकाले नीति तथा कार्यक्रममा नै समेटेर बजेट विनियोजन समेत गरेको नगर प्रमुखले भने । नयाँ युवा जगतमा बढ्दो रूपमा फैलिइरहेको लागू औषधको विकृति समस्या हटाउन नयाँ ढंगले सुधारका वैज्ञानिक कार्यक्रम ल्याउनुपर्नेमा उनको जोड थियो ।
नगरपालिका उप प्रमुख तुलसी जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्बोधन गर्दै नमूना महिला मञ्चकी अध्यक्ष हीरा जैशीले समाजमा विकृतिको रूपमा रहेको लागू औषध ओसार पोसार नियन्त्रण तथा न्यूनीकरण गर्नका लागि सबै सरोकारवाला निकायहरुले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताइन । लागू औषध नियन्त्रण गर्न सबै नगरपालिकाका सबै वडाहरूमा सञ्जाल गठन गरेको उनले भनिन। नगरपालिकाले वैधानिक रुपमा एउटा कार्यविधि नै बनाएर यसको लागू औषधको नियन्त्रण गरिनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा प्रहरी अधिकारीहरू, नागरिक समाज , नगर कार्यपालिका सदस्य , वडा अध्यक्ष, नगरपालिकाका कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो।
साथै नगरपालिकामा लागू औषध ओसार पोसार नियन्त्रण गर्नका लागि “लागू औषध नियन्त्रण नगर सञ्जाल” समेत गठन गरिने भएको छ ।
उक्त नगर सञ्जाल सबै क्षेत्रवाट नागरिकको प्रतिनिधित्व रहने बताइएको छ । सञ्जालले लागू औषध नियन्त्रण तथा न्यूनीकरणमा राज्यका निकाय सँगको सहकार्यमा कार्य गर्ने नमूना महिला मञ्चकी अध्यक्ष हीरा जैशीले बताउनुभयो।









Discussion about this post