Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

डडेल्धुराका तीन पालिका अजयमेरु, गन्यापधुरा र आलिताल गाँउपालिका कसले कति बजेट ल्याए त ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १०, २०८०
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

देशकै नमुना अजयमेरु गाउँपालिकाको बजेट ४५ करोड ३९ लाख

डडेल्धुराको अजयमेरु गाउँपालिकाले ४५ करोड ३९ लाख ६ हजार बजेट ल्याएको छ। आइतबार गाउँपालिका उपाध्यक्ष बसन्ती पालले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि उक्त बजेट गाउँसभाको १३औँ अधिवेशमा प्रस्तुत गरेकी हुन्।

बजेटमा चालुतर्फ ९ करोड ५७ लाख ६० हजार, पूँजीगततर्फ १४ करोड १४ लाख ५३ हजार र शसर्ततर्फ २३ करोड ८६ लाख बजेट विनियोजन गरिएको छ। गाउँपालिकाको नीति तथा कार्यक्रम केहीदिनअघि अध्यक्ष उमेशप्रसाद भट्टले प्रस्तुत गरेका थिए।

गाउँपालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए। अधिवेशले बजेट तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको उनले बताए।

अजयमेरुले चालु आर्थिक वर्षभन्दा बजेट घटाएर ल्याएको हो। चालु आवमा गाउँपालिकाले ४७ करोड ५८ लाख १३ हजार बजेट ल्याएको थियो।

गन्यापधुरा गाँउपालिकाले ल्यायो ३५ करोड बजेट

डडेल्धुराको गन्यापधुरा गाँउपालिकाले आ.व.२०८०।८१ का लागि ३५ करोड ४९ लाख १४ हजार १ सय बजेट ल्याएकोछ । पालिकाको १६ औं गाँउसभा बिहिबार उद्धघाटन गरिएको थियो । पालिकाले संघ प्रदेश र स्थानीय तहको गरि रु ३५ करोड ४९ लाख १४ हजार १ सय बजेट ल्याएको हो । जसमा चालु खर्च तर्फ २३ करोड ८७ लाख ३६ हजार १ सय , पुाजीगत तर्फ ११ करोड ६१ लाख ७१ हजार १ सय रहेको पालिकाका प्रवक्ता चक्र बशादुर देउबाले जानकारि दिनुभयो ।

आ।व। २०८०।८१ को निती तथा कार्यक्रम उपाध्यक्ष मार्फत पेस भए पछि क्षेत्रगत रुपमा गन्यापधुरा गाँउपालिकाका बिषयगत शाखाहरु लाई न्यायोचित वजेट विनियोजन गर्दै प्रस्तुत आ।व। २०८०।८१ को बार्षिक बजेट तथा कार्यक्रम माथि छलफल गरि अब बस्ने अधिबेसन बाट पालिकाले स्किृत गर्ने गरि पालिका अध्यक्ष ईन्द्र बहादुर कार्किको अध्यक्षतामा दास्रो बैठक सम्पन्न आज भएकोछ ।

आलिताल गाउँपालिकाले बजेट

डडेल्धुराको आलिताल गाउँपालिकाले ४३ करोड ३ लाख ८२ हजार ६ सय रुपैयाँ बराबरको बजेट ल्याएको छ। आइतबार गाउँपालिका उपाध्यक्ष मैनाकुमारी रावलले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि उक्त बजेट गाउँसभाको १५औँ अधिवेशमा प्रस्तुत गरेकी हुन्। जसमा चालुतर्फ ३१ करोड १३ लाख ६२ हजार र पूँजीगततर्फ ११ करोड ९० लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ।

विनियोजित बजेटले गाउँपालिका कार्यालयको प्रशासनिक र पुँजीगत खर्च, वडा तथा गाउँपालिकास्तरीय योजना र कार्यक्रम खर्च, विषयक्षेत्रगत योजना तथा कार्यक्रम, समपूरक र विशेष योजनाहरू र संघीय तथा प्रदेशस्तरीय शसर्त कार्यक्रमहरू कार्यान्वयन गरिने उपाध्यक्ष रावलले बताइन्।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय राजस्व बाँडफाँडबाट ९ करोड ३३ लाख ८ हजार ६ सय, प्रदेश राजस्व बाँडफाँडबाट २२ लाख ५६ हजार, गाउँपालिकाको आन्तरिक आय १ करोड, संघीय समानीकरण अनुदान ८ करोड २९ लाख, प्रदेश समानीकरण अनुदान ६६ लाख ६८ हजार, शसर्त अनुदान चालु १७ करोड ३८ लाख ५० हजार, शसर्त अनुदान पुँजीगत १ करोड ४७ लाख, प्रदेश विशेष अनुदान चालु ३० लाख, संघीय विशेष अनुदान पुँजीगत २ करोड ५० लाख, प्रदेश विशेष अनुदान पुँजीगत ५७ लाख, संघीय समपूरक अनुदान पुँजीगत ७० लाख र प्रदेश समपूरक पुँजीगत अनुदानबाट ६० लाख गरी कूल ४३ करोड ३ लाख ८२ हजार ६ सय रुपैयाँ जुटाइने उनले बताइन्।

गाउँपालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले जानकारी दिए। उनका अनुसार केही नयाँ र केही पुराना कार्यक्रमलाई समेट्दै बजेट विनियोजन गरिएको छ।

गाउँपालिका प्रवक्त तथा वडा नम्बर ७ का वडाध्यक्ष वीरबहादुर बोहराले आइतबार नै नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। आलितालले पनि बजेट तीन करोड घटाएर ल्याएको छ। चालु आर्थिक वर्षमा गाउँपालिकाले ४६ करोड ६४ लाख १८ हजारको बजेट ल्याएको थियो। खबरदारी न्युज बाट

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै : प्रचण्ड
राजनीति

नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै : प्रचण्ड

बैशाख २२, २०८२
डडेलधुरा

डडेल्धुरामा १४ वर्षिया किशोरीको हत्या, ५८ वर्षीय भण्डारी पक्राउ

अशोज २८, २०८१
डडेलधुरा

डडेल्धुरा गौरा भलिबल तथा डेउडा २०८० सम्पन्न

अशोज ३, २०८०

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
दोधारा चाँदनी नगरपालिकामा बैंक तथा वित्तीय संस्थासँग समन्वय बैठक सम्पन्न

दोधारा चाँदनी नगरपालिकामा बैंक तथा वित्तीय संस्थासँग समन्वय बैठक सम्पन्न

साउन २१, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

दुई दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार

साउन २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

साउन २०, २०८३
निगमको निर्णय : आजदेखि १४.२ केजीका पूर्ण ग्यास सिलिन्डर बजारमा

ग्यास अभाव हटाउन आयल निगमले बनायो ‘क्विक रेस्पोन्स टिम’

साउन २०, २०८३
तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत, विद्यार्थीका लागि शुल्क घटाइयो

तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत, विद्यार्थीका लागि शुल्क घटाइयो

साउन २०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व