Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बेलौरीमा सिकलसेल रोग पहिचानको लागि निःशुल्क रगत परीक्षण शिविर

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 कञ्चनपुर, ०२ असार । कञ्चनपुरको बेलौरीमा सिकलसेल एनिमिया र थालेसिमिया रोग पहिचानको लागि निःशुल्क रगत परीक्षण शिविर सञ्चालन गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको सहयोग र बेलौरी नगरपालिकाको समन्वयमा स्वास्थ्य कार्यालय कञ्चनपुरले शिविर सञ्चालन गरेको हो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले शिविरको उद्घाटन गर्दै सिकलसेल एनिमिया सँगसँगै अन्य दीर्घ रोगहरूको पहिचान गर्न प्रदेश सरकार जनताको घर दैलोमा पुग्ने अभियानमा रहेको उल्लेख गर्नुभयो । बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश स्तरीय अस्पतालका रूपमा स्तरोन्नति गर्ने प्रदेश सरकारले निर्णय गरिसकेको र छिट्टै प्रक्रिया सुरु गर्ने पनि उहाँले सुनाउनु भयो ।

शिविर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले प्रदेश सरकारले जनतालाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको बताउनु भयो । चालू आर्थिक वर्षमा सीमित क्षेत्रमा शिविर सञ्चालन गरी सिकलसेलका बिरामीहरूको खोजपड्ताल गर्न लागिएको बताउँदै मन्त्री साउँदले आगामी आर्थिक वर्षमा यसको दायरा बढाउने उल्लेख गर्नुभयो । प्रदेश सभा सदस्य दिवानसिंह बिष्टले सिकलसेल रोगको पहिचान र उपचारका लागि कञ्चनपुरको दक्षिणी क्षेत्रमै नियमित रूपमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य सेवा सञ्चालनमा जोड दिनुभयो । उहाँले बेलौरीमा प्रदेश स्तरीय अस्पताल स्तरोन्नति गरी दक्षिणी क्षेत्रमै स्वास्थ्य सेवा प्रदान गर्न पहल गरिरहेको सुनाउनु भयो ।

त्यस्तै प्रदेश सभा सदस्य गीता चौधरीले थारु समुदायमा बढी देखिएको सिकलसेललाई समयमै नियन्त्रण गर्न नसकेमा उसले थप भयावह स्थिति सृजना गर्ने तर्फ चिन्ता व्यक्त गर्नुभयो । सिकलसेल रोगबाट पीडितहरूको स्वास्थ्योपचार र आम नागरिकलाई यसबारे सचेतना प्रदान गर्न तीनै तहका सरकार र सरोकारवालाहरूको ध्यानाकर्षण गराउनु भयो । सिकेलसेलबाट डगौरा थारु र रानाथारु समुदाय बढी प्रभावित रहेकोले बेलौरीबाट निःशुल्क रगत परीक्षण शिविरको सुरुवात गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिनुभयो । शनिबारदेखि सञ्चालित रगत परीक्षण शिविर १० दिनसम्म सञ्चालन हुने बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीले बताउनु भयो । यस अवधिमा रानाथारु र डगौरा थारु समुदायका १० वर्षदेखि २५ वर्ष उमेरसमूहका व्यक्तिहरूको रगत परीक्षण गरिने हुँदा सम्बन्धित वडाका लागि तोकिएको स्थान र समयमा गई रगत परीक्षण गर्न सम्बन्धित सबैलाई उहाँले अनुरोध गर्नुभयो ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका प्रमुख डा. जगदीश जोशी र महाकाली अस्पतालका निमित्त मेसु डा. अर्जुन भट्टले सिकलसेल रोगबारे जानकारी गराउनु भएको थियो । उद्घाटन कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले गर्नुभएको थियो । स्वास्थ्य शिविरमा स्वास्थ्य कार्यालय कञ्चनपुर, महाकाली प्रादेशिक अस्पताल र बेलौरीका स्वास्थ्यकर्मीहरूको टोलीले रगत परीक्षणका लागि नमुना लिने कार्य गरिरहेको छ । उद्घाटन कार्यक्रममै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीले नगरपालिकाको सन्दर्भमा र बेलौरीका महिला स्वास्थ्य स्वयंसेविकाहरूले विभिन्न माग राख्दै मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र बुझाउनु भएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

असार ८, २०८३
निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

असार ८, २०८३
विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

असार ८, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३
विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

विद्युत् उत्पादनको तयारीमा राहुघाट, सुरुङमा पानी प्रवाह

असार ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व