कञ्चनपुर – वेदकोट नगरपालिका ०४ बगुन स्थित रहेको गीताञ्जली बोर्डिङ स्कुलमा ७ दिवसीय योगा अभियान सुरु भएको छ।

पतञ्जलि योगा समिति वेदकोटको आयोजनामा तथा गीताञ्जली बोर्डिङ स्कुल बगुनको सहकार्यमा योगा अभियान सुरु भएको पतञ्जलि योगा समिति वेदकोटका सदस्य चन्द्रदेव भट्टले बताउनुभयो।

उक्त ७ दिवसीय योगा अभियानमा विद्यालयका सम्पूर्ण विद्यार्थी तथा शिक्षक लगायत पतञ्जलि योगा समिति वेदकोटका अध्यक्ष भगीरथ भट्टको समेत सहभागिता रहने पतञ्जलि योगा समिति बेदकोटका सदस्य भट्टले बताएका छन्।
उहाँले भने ‘गरौं योग डटेर, जान्छ रोग हटेर भन्ने मूल नाराका साथ विद्यार्थीहरूलाई योगा मार्फत आफ्नो मन र तन कसरी स्वस्थ राख्ने भनेर सिकाउने उद्देश्यले योगा अभियान सुरु गरेका हौँ।’









Discussion about this post