कञ्चनपुर, सुन्दरपुर – कञ्चनपुरको वेदकोट नगरपालिका वडा नं.९ मा रहेको श्री उदयदेव माध्यमिक विद्यालयले विद्यालयमा ५० औं विश्व वातावरण दिवस मनाएको छ ।



‘प्लास्टिक जन्य प्रदुषण निर्मुल पारौैं वातावरण मैत्री विकल्पको उपभोग गरौं’ भन्ने मूलनाराका साथ उदयदेब माध्यमिक विद्यालय सुन्दरपुरले गाँउमा जनचेतना मुलक प्रभात फेरी विद्यालयमा सरसफाई गरी मनाइएको विध्यालयका प्रधनाध्यापक महेश्वर दत्त भट्टले वताउनु भयो ।

विश्व वातावरण दिवस बिश्व पर्यावरण प्रति वैश्विक स्तरमा राजनितिक र समाजिक जागृति ल्याउने उद्देश्उले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । विश्व वातावरण दिवस हरेक जुन ५ तारिखका दिन मनाइदै आइरहेको छ ।










Discussion about this post