सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कसैको दमनले पीटीआईलाई नष्ट गर्न सक्दैन : इमरान खान

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानले कसैको दमनले पीटीआईलाई नष्ट गर्न नसक्ने दाबी गरेका छन्।

मन्त्रालयले खानको पाटीपीटीआईमाथि प्रतिबन्ध लगाउन सक्ने सम्भावना बढेपछि देशबासीका नाममा सम्बोधन गर्दैआफ्नो पार्टीविरुद्ध भएको व्यवहारले पीटीआइको लोकप्रियता बढाउने बताए। खानले नष्ट गर्न चाहनेहरूले देशलाई सखाप पार्न खोजीरहेको आरोप लगाए।

उनले देशको आर्थिक संकटका बारेमा रोडम्याप नभएकाले देश डुब्दै गएको जिकिर गरे। इमरान खानले आफूले एउटा समिति बनाउन लागेको र त्यो समितिले आफूसँग ‘सत्तामा जोसुकै भए पनि’ कुरा गर्न चाहेको बताए। इमरान खानले आफ्ना समर्थकहरूलाई यो दासत्व स्वीकार गर्नुभन्दा मर्ने र अन्त्यसम्म लड्ने बताएका छन्।

पाकिस्तानको रक्षा मन्त्रालयले सरकारले पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) लाई प्रतिबन्ध लगाउने विचार गरिरहेको जनाएको थियो। लगत्तै खानको यस्तो प्रतिक्रिया आएको हो। थाहा खबर बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds