आजसम्म खुसी नजिक आउन पाएको छैन
दु:खको भारी बोकेर नि रमाउन पाएको छैन
नोकरी गर्छु भनेको थिए नोकर बुझ्नु भएछ
गुजारा चलेको छ तर कमाउन पाएको छैन
खुसी नमाग्ने सर्तमा जिन्दगी पाएको मान्छे
म खुसी भएर जिन्दगी बिताउन पाएको छैन
बाहिर जस्तै खडेरी छ भित्र तिमीले देख्दैनौ
मन जलेको धेरै भयो निभाउन पाएको छैन
रुन दिदैन यो दुनियाँ झनझन घाउ कोट्याएर
आफू हाँस्न पाएको छैन हँसाउन पाएको छैन
मुटु फाटेर चिरा चिरा भाछ तिम्रा प्रहारले गर्दा
नदेख्दा पत्याउदैनौ मैले देखाउन पाएको छैन
मेरो जिन्दगी यस्तो स्थानमा आएर अड्किएछ
नजर झुकाएको छैन शिर उठाउन पाएको छैन









Discussion about this post