कालालाई गोरा र गोरालाई काला बयायौ
विकास भयो देशलाई सालाखाला बनायौ
भोगविलास नै विचार सिद्धान्त दर्शन रहेछ
तिमीले त सिंहदरबारलाई मधुशाला बनायौ
तिमीभन्दा बुद्धिजीवी अरु कोही हुन सक्दैन
स्वयं शासक भई बुद्धिजीवी गोठाला बनायौ
घाँटीमाथि केही चल्दैन पाखुरा तिघ्रा नजर
बुद्धिस्थान तिम्रो झन कसरी पैताला बनायौ
हाम्रा सपना लुटिए र तिम्रा पुरा भए होलान्
बधाई छ बाँकी रहेको देश यसैपाला बनायौ









Discussion about this post