सुन्दर, शान्ति, स्वच्छ हावापानी छ मेरो गाउँमा
जन्मे यही हुर्कें यही मर्न पाउ यही माटोमा
हरियाली डाँडापाखा हेरूँ हेरूँ लाग्ने
ति डाँडाहरू हेर्दा खेरि पिर सबै भाग्ने
बहुजाति, बहुभाषी बस्छन् यही ठाउँमा
स्वर्ग जस्तो सुख छ हेर साथी यो मेरो गाउँमा
अनेकौँ छन् खोलानाला अनेकौँ जातका चरी
कहिले आउँछ सिरसिरे हावा त कहिले आउँछ झरी
विभिन्न चाडपर्व हामी सबै मिलेर बनाउँछौ
एकमुष्ट भई त्यस दिन हामी सबै रमाउँछौँ
सहयोग, सद्भाव, मित्रता छ सबैको मनमा
स्वर्ग जस्तो सुख छ मेरो साथी यो मेरो गाउँमा









Discussion about this post