Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दार्चुलाको महाकालीमा नगर बस सञ्चालन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २७, २०७९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

दार्चुलाको महाकाली नगरपालिकाले नगर बस सेवा सञ्चालन गरेपछि सहज भएको छ । सदरमुकाम खलंगा देखि वडा नं ९ बेत सम्म नगर बस सञ्चालन हुँदा नागरिकहरुलाई अहिले यात्रा गर्न सहज भएको हो । जिल्ला सदरमुकाम खलंगा देखि वडा नं ९ बेत सम्म नगरबस सेवा सञ्चालन भए पछि यात्रा गर्न निकै सहज भएको स्थानीय त्रिलोक सामन्तले बताए ।

‘बस सेवाले धेरै सहज छ, बहुत सुविधा छ,’ यात्रा गर्नलाई,’ उनले भने । त्रिलोक सामन्त पहिले निजी सवारी साधनमा यात्रा गर्दथे तर अहिले नगरबसमा यात्रा गर्दछन् । नगरबसको यात्रा आरामदायी हुने गरेको उनले बताए । महाकाली नगरपालिकाले गत बैशाख देखि नगरबस सञ्चालनमा ल्याएको थियो ।

नगरपालिकाले जिल्लामै पहिलोपटक नगरबस सञ्चालनमा ल्याएर सेवा दिन थालेपछि सहज भएको अर्का स्थानीय बहादुर सिंह चैसिरले बताए । ‘निजी सवारीसाधन रोकीदैन थिए, यात्रा गर्दा गाडी मिल्छकी मिल्दैन ? भन्ने हुन्थ्यो, अहिले नगरबस टाइममा आउँछ, यात्राका लागि सहज छ,’ उनले भने । नगरबासीको समस्या र आवश्यकतालाई मध्यनजर गर्दै बस सेवा सुरु गरिएको थियो ।

अहिले नागरिक पनि सेवा पाउँदा खुसि छन । नगरबस सञ्चालनपछि आरामदायी यात्रा गर्न मिलेको स्थानीय चन्द्र सिंह बोहराले बताए । ‘भाडामा नी अन्तर छ,बस्नका लागि ठाउँपनि मिल्छ, नगरबसले सहज गरेको छ,’ उनले भने । महाकाली नगरपालिकाको वडा नम्बर ४ खलंगा देखि वडा नं ९ बेत सम्ममात्रै अहिले नगरबस सेवा सञ्चालन छ । अझै यसको सेवा क्षेत्र फराकिलो गरिने नगरपालिकाले जनाएको छ ।

दार्चुलाको महाकाली नगरपालिकामा बस सेवा सञ्चालन गरेर नागरिकहरुलाई सेवा प्रवाह भइरहेपनि पनि बैतडीका स्थानीय तहले भने सञ्चालन गर्न सकेका छैनन् । दशरथचन्द नगरपालिकाले नगरबसको अवधारणा अघि सारेको थियो तर अहिले सम्म सञ्चालनमा भने आउन सकेको छैन् । नगरबस सञ्चालनका लागि नगरपालिकाले ५५ लाख बजेट विनियोजन गरेपनि खरिद गर्न नसकिएको नगरपालिकाका सूचना अधिकारी राजेन्द्र विष्टले बताए ।

चालु आर्थिक वर्षमा नगरबस सञ्चालनका लागि ५५ लाख बजेट विनियोजन गरिए पनि अर्थ मन्त्रालयले संघीय अनुदानको पैसाबाट सवारीसाधन खरिद नगर्न भनेपछि खरिद प्रकृया रोकिएको उनले बताए ।

यस्तै अन्य नगरपालिकाहरुले नगरबसका बारेमा कुनै योजना बनाएका छैनन् । नगरबस सञ्चालनका लागि त्तकाल कुनै योजना नबनेको पाटन नगरपालिकाका उपप्रमुख कमल बोहराले बताए । मुख्य राजमार्ग संग जोडिएको पालिकाहरुले नगरबसको योजना समेत नबनाउनु दुःखद भएको स्थानीय हेमन्त भट्टले बताए । नागरिकरुले नगरबस सेवा सञ्चालन भए सहज हुने कुरा गरेपनि यहाँँका स्थानीय तहहरुले त्यस तर्फ ध्यान दिन सकेका छैनन् । सगुन खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै : प्रचण्ड
राजनीति

नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै : प्रचण्ड

बैशाख २२, २०८२
दार्चुला

मालिकार्जुन गाउँपालिका दार्चुलाका लेखा प्रमुख विष्टद्वारा जन्मदिनको अवसरमा बेसहारा ज्येष्ठ नागरिकलाई खाद्यान्न 

साउन २४, २०८१
दार्चुला

सांसद दिपक सिहलाई जन्मभूमि दार्चुलाको माया : दार्चुला सदरमुकामदेखि सम्म सडक बनाउन 

बैशाख २२, २०८१

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व