काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ।
बिहीबार नयाँदिल्लीस्थित भारतीय वित्त मन्त्रालयमा भएको भेटमा नेपालमा बाढीपछिको पुनर्निर्माण तथा पुनःस्थापना, व्यापार, लगानी, ऊर्जा र कनेक्टिभिटीलगायत विषयमा छलफल भएको नेपाली दूतावासले जनाएको छ।
भेटमा नेपाल–भारतबीचको दीर्घकालीन आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने तथा आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो।
भारत सरकारको निमन्त्रणामा अर्थमन्त्री वाग्ले तीनदिने भ्रमणका लागि बिहीबार नयाँदिल्ली पुगेका हुन्। भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।
त्यसअघि शुक्रबार बिहान पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। शनिबार भारतीय उद्योग परिसंघको कार्यक्रममा तथा दिल्ली स्कुल अफ इकोनोमिक्सको विकास अर्थनीतिसम्बन्धी छलफलमा पनि उनी सहभागी हुने कार्यक्रम रहेको छ।










Discussion about this post