Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदूरपश्चिम विश्वविद्यालयमा वर्ष दिनमै दुई दीक्षान्त, प्रधानमन्त्री आउने, १७९ विद्यार्थी दीक्षित हुँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र २४, २०७९
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह आउँदो आइतबार हुने भएको छ । असारमा दोस्रो दीक्षान्त गरेको विश्वविद्यालयले एक वर्षमै दोस्रो पटक विद्यार्थीलाई दीक्षित गर्न लागेको हो ।

२०६८ मा स्थापना भएको विश्वविद्यालयले ०७१ देखि शैक्षिक कार्यक्रमहरू अघि बढाएको थियो। पहिलो पटक ०७४ मा दीक्षान्त समारोह आयोजना गरेको विश्वविद्यालयले कोरोना संक्रमण लगायत कारणले ५ वर्षपछि असारमा दोस्रो पटक विद्यार्थीलाई दीक्षित गरेको थियो ।

स्नातक र स्नातकोत्तर तहमा ८५५ विद्यार्थीले तह पास गरे पनि १७९ ले मात्रै दीक्षित हुनका लागि आवेदन दिएका छन् । परीक्षा नियन्त्रण कार्यालयले आह्वान गरेको समयभित्र थोरै मात्र विद्यार्थीले आवेदन दिएको विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले बताए ।

उनका अनुसार पुससम्म ट्रान्सक्रिप्ट निकालेका र आवेदन दिएका विद्यार्थी मात्रै दीक्षित हुन पाउँछन। असारमा पनि १५ सय २३ जनामध्ये २५३ ले मात्रै दीक्षितका लागि आवेदन दिएका थिए ।

‘धेरै विश्वविद्यालयको क्षेत्र बाहिर छन्, फेरि दीक्षान्त समारोहमा सहभागी हुने संस्कार पनि विकास भएको छैन,’ विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. अम्मराज जोशीले भने, ‘कल्चर बसाउन पनि हामीले चाँडोचाँडो दीक्षान्त समारोह गरिरहेका छौं ।’

विश्वविद्यालयले पठनपाठन सुरु भएको ४ वर्षपछि ०७४ मा पहिलो पटक आयोजना गरेको दीक्षान्त समारोहमा पनि निकै कम विद्यार्थी सहभागी थिए। त्यतिबेला १०४ जना मात्रै दीक्षित भएका थिए ।

यसपटक विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले विद्यार्थीलाई दीक्षित गर्ने छन । प्रमुख अतिथि भारत उत्तर प्रदेशको महात्मा ज्योतिबाफुले रुहेलखण्ड विश्वविद्यालयका उपकुलपति केपी सिंह रहनेछन ।

विश्वविद्यालयको केन्द्रीय र आंगिक गरी १६ क्याम्पसमा करिब १५ हजार विद्यार्थी अध्ययनरत छन्। विश्वविद्यालयले इन्जिनियरिङसँगै कृषि, कानुनलगायतका विषयमा समेत अध्यापन गराउँदै आएको छ ।

डडेलधुरामा मेडिकल कलेज सञ्चालनका लागि पनि डिन नियुक्तिसँगै भौतिक पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाएको छ । सेमेस्टर प्रणालीमा पठनपाठन सञ्चालन गरिरहेको विश्वविद्यालयले वन विज्ञान पढाउने तयारी पनि गरिरहेको छ ।

‘शैक्षिक गतिविधिसँगै औपचारिक र अनौपचारिक कार्यक्रमहरू पनि गरिरहेका छौं,’ उपकुलपति जोशीले भने, ‘दीक्षान्त समारोह पनि छिटोछिटो गर्नुपर्छ भनेर हामी लागेका छौं ।’

विश्वविद्यालयले तीन महिनाअघि मात्रै अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो । वैशाख पहिलो साता अल्मोडा विश्वविद्यालयको सहकार्यमा कुमाउ र मानसखण्ड क्षेत्रको कला, संस्कृति र रहनसहनबारे सेमिनार आयोजना गरेको थियो । विकल्प दैनिक बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व