कसको के आश गर्नु आफ्नो जीवन भीरमा छ
थाहा छ भावीले के लेखेको मेरो तकदीरमा छ
जन्मेपछि मर्नु पर्छ जीवनभर हास्नेले रुनेले नि
के गर्नु छ र दुनियाँले ठान्छ यो मान्छे पीरमा छ
यहीँ बहुत छ कि ऊ पनि बाँचेको छ आजसम्म
कसरी हाँस्छ पीडा मनमा जिम्मेवारी शीरमा छ
लाग्छ सायद भगवानले पनि परीक्षण गर्दै छन्
कति तनाव सहन सक्ने शक्ति मेरो शरीरमा छ
जीउने कलाहरू सिक्दै मरेको देखे कयौं जन
अचम्मको जीउने कला त केवल फकिरमा छ
अपराधीको गणमा बसेर सन्त हुनु अपराध हो
दिल पवित्र गर्ने कला न नीरमा छ न क्षीरमा छ









Discussion about this post