किसान बहुउदेश्यीय सहकारी संस्था शाखा कार्यालय बेलौरीद्धारा संचारकर्मी हिक्मत कुमार शाही सम्मानित भएका छन् । लामो समय देखि रेडियो बेलौरीमा कार्यरत संचारकर्मी हिक्मत कुमार शाही सहकारी संस्थाको केन्द्र गोष्ठी २०७९ कार्यक्रमका दिन सम्मानित भएकाो सहकारीले जनाएको छ । शाहीले रेडियो पत्रकारीताबाट सहकारीको हकहितमा बुलन्द आवाज उठाउदै आम नागरिक र किसालाई सूसुचित गरेको भन्दै सम्मानित गरेको जनाइएको छ । सम्मानित हुने पत्रकार शाहीले आफुलाई अमुल्य सम्मान र मायाको चिनो प्रदान गरेकोमा संस्था प्रति आभार प्रकट गर्दै यसले काम गर्न थप हौसला प्रदान भएको बताए । शाहीले जय सहकारी भन्दै शाखा प्रमुख बिरेन्द्र जैशीलाई विशेष धन्यवाद समेत ज्ञापन गरेका छन्।
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट









Discussion about this post