उत्खनन हुनुभन्दा पहिले सुन खानीमा हुन्छ
यो किस्सा सबै – सबैको जिन्दगानीमा हुन्छ
जुन आमालाई वृद्ध हुँदा आश्रम हाली दिन्छौं
हाम्रो जन्म त्यही आमाको बच्चादानीमा हुन्छ
घमण्ड, भेदभावले औकात न फाल्नुस् महोदय
अरूलाई खरानी बनाउने आगो खरानीमा हुन्छ
सम्पत्ति, जमीनको फुर्ती न लगाऊ जमिन्दार
नाङ्गै मर्नुपर्छ र घाट पनि ऐलानीमा हुन्छ
नारीले मुद्दा हाल्दा पुरुष स्वतः दोषी किन?
अरे, गडबड त दुईटैको मनोमानीमा हुन्छ









Discussion about this post