नारा लगाउछन् केवल अधिकार चाहिन्छ
सिन्को नभाच्नेलाई जित्न संसार चाहिन्छ
प्रेम भएपछि अरु स्वत: पाइन्छ दुनियाँमा
सबैले भन्छन् मलाई केवल प्यार चाहिन्छ
जिन्दगी यात्रा हो नदी जस्तै बग्छ निरन्तर
थाकियो भने विश्राम गर्न किनार चाहिन्छ
भोको पेट प्रेमले भरिदैन किन बुझ्दैन खै
तरकारी किन्न पनि अचेल हजार चाहिन्छ
निराशा मान्छे मार्ने शक्तिशाली साधन हो
मुर्खले भन्छ मान्छे मार्न हतियार चाहिन्छ
एक्लै तय गर्नुपर्छ यात्रा सधैं साथी हुँदैन
बुझ्नुपर्छ हेर्नुपर्छ साथी बफादार चाहिन्छ
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट









Discussion about this post