सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्त नगरपालिकाले दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही १ लाख ५१ हजार दिने

कञ्चनपुरको भीमदत्त नगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही १ लाख ५१ हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार काठमाडौँमा सम्पन्न खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै नेपाल आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएकोमा खुसी व्यक्त गर्दै भीमदत्त नगरपालिकाले टोलीका महत्वपूर्ण खेलाडीद्वय ऐरी र सार्कीलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

शनिवार कञ्चनपुर क्रिकेट संघद्धारा आयोजित होली फेमली क्रिकेट कप–२०७९ यु–१६ पुरुष जिल्लास्तरीय एक दिवसीय क्रिकेट छनौट प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै नगर प्रमुख पदम बोगटी,उपप्रमुख नीलम लेखक जोशीले भीमदत्त नगरपालिकाबाट प्रतिनिधित्व गर्ने खेलाडीद्धय ऐरी र सार्कीलाई जनही १ लाख ५१ हजार नगद पुरस्कार दिने बताउनु भएको हो ।

Mahakali Polytechnic

यस्तै खेलाडीद्धय ऐरी र सार्की गृह नगर आएपछि सम्मान समेत गरिने नगर प्रमुख बोगटीले बताउनुभयो । एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएकोमा नगर प्रमुख बोगटी,उपप्रमुख जोशीले नेपाली टोलीलाई बधाईसमेत दिएका छन् । बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपालले युएईलाई रोमाञ्चक खेलमा डकवर्थ लुइस नियमका आधारमा नौ रनले पराजित गरेको हो ।

World Link Ads

जितसँगै नेपालले एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएको छ । नगरपालिकाको पुरस्कार घोषणाप्रति खुसी व्यक्त गर्दै नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सार्कीले प्रोत्साहनले आगामी दिनमा क्रिकेट खेल्न हौसला मिलेको बताउनुभयो । एकपत्र डटकम बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds