कञ्चनपुर – उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड महेन्द्रनगर कञ्चनपुरको वार्षिक कार्यक्रम अन्तर्गत आयोजित वेदकोट नगर स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरजवाफ प्रतियोगिता भुवनेश्वरी मावि सिसैयामा सम्पन्न भएको छ। वेदकोट नगरपालिकामा सञ्चालित १३ वटा माध्यमिक बिद्यालयहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा प्रथम स्थान शिशु विद्या मन्दिर दैजी प्रथम स्थान हासिल गर्न सफल भएको छ भने अरनिको इङ्गलिस स्कुल भम्का द्वितीय स्थान र शारदा मावि दैजी तृतीय स्थान सफल पार्न सफल भएको छ।

प्रतियोगितामा बैजनाथ मावि गैलनदीले चौथो स्थान हासिल गर्न सफल भएको छ। प्रतियोगितामा सफलता प्राप्त गर्ने बिद्यालय, विद्यार्थीलाइ बधाई का साथै प्रतियोगिता को आयोजना गर्ने सुदूरपश्चिमकै अग्रणी सहकारी संस्था उदयदेव बहुउद्देश्यीय सहकारी सस्थालाइ अभिभावकले धन्यवाद समेत दिएका छन्।









Discussion about this post