कसैलाई बुकी कसैलाई गुलाफ चाहिन्छ
भावना बुझ्दैनन् केवल जवाफ चाहिन्छ
फुर्सद छैन यात्रीलाई छ गन्तव्य टाढाको
तिमीलाई दिन काट्न गफगाफ चाहिन्छ
भोकै बस्नुपर्छ सडकमा श्रम बेच्नेहरूले
जसले केही गर्दैन खान कबाफ चाहिन्छ
जिन्दगी तिम्रै तारेख धाउदै बिताए अब
मुद्दा किनारा लाग्नुपर्छ इन्साफ चाहिन्छ
कस्तो जीवन बाँचिएछ महसुस नै भएन
जो हत्यारा हुन्छ उसैलाई माफ चाहिन्छ









Discussion about this post