फूलले फुल्न बास्नाले मगमगाउन कहिल्यै बिर्संदैन
प्रकृतिले शिसिर पछि बसन्त पाउन कहिल्यै बिर्संदैन
मानिसले बिर्सन्छन् कहिलेकाहीँ आफ्नो कर्तव्य
तर जुन सूर्यले अस्ताउन र उदाउन कहिल्यै बिर्संदैन
विज्ञान पनि त शतप्रतिशत आफैमा पूर्ण छैन जहाँ
मान्छे अलि पढेर घमण्ड देखाउन कहिल्यै बिर्संदैन
निरन्तर चलिरहने प्रक्रियासँग किन शंका गरेर बस्नु
पात झरेको बोटले फेरि पलाउन कहिल्यै बिर्संदैन
संघर्ष गर्नु पूर्व गन्तव्य भेटेझैँ थकान मेट्छ मान्छे
आफू बिर्से पनि बिहानीले बिउँझाउन कहिल्यै बिर्संदैन
दिन भर बाआमाले आराम गर्दै बस छोरा भनेपनि
रातमा कुकुर बिहान भालेले सताउन कहिल्यै बिर्संदैन
रमेश भण्डारी
मेलौली, बैतडी









Discussion about this post