जिन्दगीका रहरहरू कहिल्यै मार्नु हुँदैन
घरीघरी सम्बन्धमा सीमाहरू सार्नु हुँदैन
जरुरी हुँदैन आफ्नो खुसी सधैं भेटिएला
स्वयं आउछन् कयौं खुसीहरू बार्नु हुँदैन
बग्दै जान्छ समय जीवनरुपी नदी समान
विश्वास नलाग्नेको प्रस्ताव स्वीकार्नु हुँदैन
दुनियाँ जित्ने सपनाहरू नदेख्नुस दुख्छ
याद राख्नुस स्वयंसँग कहिल्यै हार्नु हुँदैन
जीवन जीउने लाखौं कला छन् दुनियाँमा
बाच्नुस मजाले यो मन भ्रममा पार्नु हुँदैन









Discussion about this post