Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बाँदर बस्तीमा पस्न थालेपछि बैतडीका नागरिक हैरान

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन ४, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बैतडीका विभिन्न स्थानमा बाँदर बस्तीमा पस्न थालेपछि स्थानीय नागरिक हैरान भएका छन् । खानेकुरा खोज्नका लागि बाँदरहरु बस्तीमा पस्न थालेपछि नागरिक समस्यामा परेका हुन् ।

जिल्लाको दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकाको केही वडामा बाँदरले आतंक मच्चाएका छन् । जंगलबाट समेत बस्तीमै बाँदर आउन थालेका दशरथचन्द नगरपालिका १ गुरुखोलाका हरिना भट्टले बताइन् । जंगल छोडेर बाँदरहरु घरभित्रै पस्न थालेको उनले बताइन् । सडक छेउछाउ हुँदै बस्तीमा बाँदरहरु पस्दा निकै समस्या भएको उनले बताइन् । उनले भनिन् ‘बाँदरहरु घरभित्रै पस्न थालेपछि समस्या भएको छ । भित्र राखेको अन्नसमेत बाँदरले खान थालेका छन् ।’

जंगलका बाँदर आहाराको खोजीका लागि मानवबस्तीमा पस्न थालेका दशरथचन्द नगरपालिका १ का किसान कृष्णदत्त भट्टले बताए । खेतबारीमा लगाएको सबै अन्न बाँदरले नष्ट गर्न थालेको उनले बताए । उनले भने ‘बारीमा लगाएको तरकारी समेत बाँदरले सखाप पार्न थालेको छ । बाँदरले घरभित्रकै अन्न खाइरहेका छन् ।’

जंगलमा सुख्खापनका कारण पालुवा नआएकाले बाँदरहरु खानाको खोजीमा गाउँबस्तीमा पस्न थालेका छन् । सडक छेउछाउमा फालिएका केही वस्तु पाइने भएकाले बाँदरहरु सडक नजिकका बस्तीमा पस्न थालेका हुन् । सडक छेउछेउमा ढुकेर बसेका बाँदरहरु मान्छे घरमा नभएका बेला घरभित्र पस्ने गरेका छन् ।

जिल्लाको दशरथचन्द नगरपालिकाका धेरै स्थानमा बाँदरको आतंक रहेको स्थानीय डम्मर टमाटाले बताए । बाँदरकै कारण खेतबारी समेत बाँझो छाडेको उनले बताए । उनले भने ‘बाँदरले खेतबारीमा लगाएको अन्न केही बाँकी नराखेपछि खेतबारी बाँझै छोडेका छौं ।’

बाँदरका कारण धेरै जसो घरपरिवार पलायन समेत भएका टमाटाले बताए । बाँदरले खेतबारीमा लगाएको अन्न केही बाँकी नराखेपछि धेरैले बसाँईसराइ गरेका उनले बताए ।

बाँदरकै कारण दोगडाकेदार गाउँपालिका ४ पिपलकोटका स्थानीयहरुले पनि खेतबारी बाँझै छोड्न थालेका छन् । बाँदरले घरभित्रको अन्न समेत बाँकी नराखेको स्थानीय सत्यराज भट्टले बताए । बाँदरले मानिसमाथि आक्रमण समेत गर्न थालेका छन् ।

बाँदरले खेतबारीमा लगाएको अन्न केही बाँकी नराख्दा स्थानीयहरु हैरान भएका छन् । बाँदर धपाउने खालका कार्यक्रम ल्याउन उनीहरुले स्थानीय सरकारसंग माग समेत गरेका छन् । सगुन खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ
बैतडी

चार महिनामै सकारात्मक छाप छोड्दै धामीको सम्मानपूर्वक बिदाइ

बैशाख ५, २०८३
निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा
बैतडी

निर्णय कार्यान्वयन नभएको भन्दै सुर्नयाका युवा समूह पुनः आन्दोलनको तयारीमा

चैत्र ९, २०८२
बैतडी बस दुर्घटना अपडेटः मृतकको परिचय खुल्यो, ४५ घाईते
बैतडी

बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १३ पुग्यो

माघ २३, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

असार ८, २०८३
सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न, ५९६ विद्यार्थी मतदाताको सहभागिता

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व