तिम्रो सुन्दरताको बयान गर्न खोजिरहेको छु
यो जिन्दगीमा तिमि सँग रमाएर बसेको छु
वसन्त ऋतुको सुन्दरतामा रमाएको छु
तिम्रो मिठो मुस्कानमा मनलाई भुलाएको छु
आउँ बस तिमि मेरो कुरा पनि सुनिदेऊ
मेरी प्रियसी मेरो सफलतामा साथ देऊ
जीवन जिउन मैले तिमिबाट सिकेको छु
यति टाढाबाट तिम्रो बोली सुनी यहाँ सम्म पुगेको छु
त्यो हेराइले मनमा मायाको आभास गराएको छ
मेरो नजिक आएर बस तिमि केही कुरा गर्न गर्नु छ
नाम : गोबिन्द राज ओझा (राजन)
ठेगाना: दिपायल सिलगढी न.पा. दिपायल डोटी









Discussion about this post