सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको दशरथचन्दमा सोमबार सार्वजनिक बिदा

बैतडी – जिल्लाको दशरथचन्द नगरपालिकाले आज (सोमबार) सार्वजनिक बिदा दिएको छ।

शहीद दिवसको अवसरमा दशरथचन्द नगरपालिकले आज सार्वजनिक बिदा दिएको हो।

नगरप्रमुखस्तरीय निर्णयबाट शहीद दिवसको अवसरमा आज नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, गैर सरकारी निकाय, शिक्षण संस्था लगायत बन्द रहने नगरपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ।

शहीद दशरथ चन्दको जन्मभूमी बैतडीमा विविध कार्यक्रमका साथ आज शहीद दिवस मनाइँदैछ। शहीद दशरथ चन्द स्मृति प्रतिष्ठानले दिवसका अवसरमा प्रभातफेरी कार्यक्रमका साथै शहीद चन्दको जन्मघर बस्कोटमा कार्यक्रम गरेर दिवस मनाइने प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताए। गोदावरी न्युज बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.