सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

केही ठिकान छैन के लाभ के हानी हुन्छ : भट्ट

केही ठिकान छैन के लाभ के हानी हुन्छ
कहिले वैरागी हुन्छ, कहिले रुमानी हुन्छ

कोही मरेर बाँच्छन् र कोही मर्छन् बाँचेर
मृत्यु पनि कसैलाई अचम्म तुफानी हुन्छ

दुखी रहन्छ यो मन कहिले बिसेक हुन्न
न घाउ देख्छु मैले न कुनै निसानी हुन्छ

तिमीले उमेर सोध्छौ, जस्तै हिसाब गर्छौ
के नै रहेछ जीवन एकदिन खरानी हुन्छ

Mahakali Polytechnic

दुर्गम किनार बस्ती हुदैन मझधार कैले
जहाँ बसे ती शासक हो राजधानी हुन्छ                              लेखक : धर्मानन्द भट्ट

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.