तिमी कसैलाई भ्रममा नराख्नु
मान्छे कहिले भ्रमले बाँच्दो रहेछ
मान्छे कहिले भ्रमले मर्दो रहेछ
प्रेम गर्नेले कहाँ केही माग्छ भन्यौ
मैले सम्झिएँ तिमीसँग माफी मागेको
घृणा गर्नेले केही दिँदैन भन्यौ
मैले तिमीले दिएको धोका सम्झिएँ
तिमीले दिएको उपहारबाट
तिमीले दिएको उपहास घटाउँदा
मसँग शेष बचेको छ केवल भ्रम
कहिले मान्छे बाँच्दो रहेछ भ्रमले
कहिले भ्रमले मान्छे मर्दो रहेछ
तिमी कसैलाई भ्रममा नराख्नु
भ्रमले कहिले मान्छे
म जस्तै न बाँच्दो रहेछ न मर्दो रहेछ।
【 भ्रम 】- Prachand Bhaskar 💙









Discussion about this post