Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुर र कैलालीका २२ जना उपप्रमुखहरूको सञ्जाल : पुनर्वासमा अन्तरक्रिया

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २०, २०७९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । स्थानीय तहमा उपप्रमुखका समस्या सहज रूपमा सम्पादन गराउन साझा अभ्यास समूह विषयक एक दिने अन्तर्क्रिया कार्यक्रम कञ्चनपुरको पुनर्वास नगरपालिकामा गरिएको छ । प्रादेशिक सुशासन केन्द्र सुदूरपश्चिम प्रदेशको आयोजना तथा पुनर्वास नगरपालिका सहआयोजक रहेको कार्यक्रममा प्राविधिक सहयोग सुशासनका लागि क्षमता विकास कार्यक्रम (CDSOH) काठमाण्डौले गरेको थियो ।

कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै सुशासनका लागि क्षमता विकास केन्द्र सुदूरपश्चिम प्रदेश संयोजक पशुपति नाथ झाले पालिकाहरूमा मेयर उपमेयर वा अध्यक्ष उपाध्यक्ष बिचको सम्बन्धलाई नजिक बनाउन स्थानीय तहमा हुने विकासका कार्यक्रममा समान सहभागिताका लागि पहल गर्ने तथा उपप्रमुखहरू बिच हुने विभिन्न अनुभव साटासाट गर्ने र उप प्रमुखले गर्नुपर्ने जिम्मेवारी सम्पादनमा सहजता ल्याउने कार्यक्रमको मुख्य उद्देश्य रहेको कुरा उल्लेख गर्नुभयो । अनुभव साटासाट गर्दै गर्दा कुनै जटिल समस्या आइपरेमा स्थानीय तह कार्य सम्पादनसँग सम्बन्धित विज्ञ बोलाई परामर्श गराउने समेत कार्यक्रमको उद्देश्य रहेको संयोजक झाले बताउनु भयो ।

यसैबिच नेपालगन्ज उपमहानगरपालिका पूर्व उपप्रमुख उमा थापामगरले स्थानीय तहमा उपप्रमुखका समस्या र चुनौतीका विषयमा आफूले भोगेका समस्याहरूसँग सम्बन्धित सहजीकरण गर्नुभयो । सो अवसरमा कैलाली र कञ्चनपुरका सबै स्थानीय तहका उपप्रमुखहरूले आआफ्ना अनुभवहरू सुनाउनु भयो ।कार्यक्रममा बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले लामो समय जनताकै सेवामा आफूलाई समर्पित गर्दै आएको र जनताले अमूल्य अभिमत दिएर निर्वाचित गरेपछि थप जिम्मेवारीका साथ जनताकै पक्षमा सक्रिय हुँदै आएको धारणा राख्नुभयो । कार्यक्रम गर्दा मेयर उपमेयर वा अध्यक्ष उपाध्यक्षलाई एक ठाउँमा सहभागी गराउन सकिएमा स्थानीय सरकार सञ्चालनमा अझ सहज हुने कुरा उपाध्यक्ष नाथले सुझाव दिनुभयो ।

पुनर्वास नगरपालिकाका उपप्रमुख भुलिया कुमारी रानाले स्थानीय तहमा हुने हरेक कार्यक्रमहरू, स्थानीय तहले सम्पादन गर्ने हरेक विषयहरू खुला रूपमा सबैलाई जानकारी हुनुपर्ने बताउनुभयो । पाँच वर्ष भित्र कसरी जनताका पक्षमा काम गर्न सकिन्छ भन्ने कुरा सधैँ मनन गर्नुपर्ने उपप्रमुख रानाले आफ्नो धारणा व्यक्त गर्नुभयो । आफ्नो अधिकार क्षेत्रलाई ध्यान दिएर स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारको सदुपयोग गरी काम गर्‍यो भने काम गर्न बढी सहज हुने रानाले बताउनुभयो । उहाँले अरूको असल अभ्यासलाई समेत अङ्गीकार गरेर, आत्मसात् गरेर बढ्ने कुरामा जोड दिनुभयो ।

सो अवसरमा उपप्रमुख भुलिया कुमारी रानाले कार्यक्रममा सहभागी पालिका उपप्रमुखहरूलाई भेट स्वरूप पुनर्वास नगरपालिकालाई परिचित गराउने विभिन्न तस्बिर समेटिएको मायाको चिनो प्रदान गर्नुभयो । कार्यक्रममा कञ्चनपुर र कैलालीका उपप्रमुखको सञ्जाल गठन गरी प्रत्येक महिनामा २२ वटै पालिकामा सञ्जालको साझा अभ्यास कार्यक्रमको आयोजना गरिने निर्णय समेत पारित गरिएको छ । माघको अन्तिम साता बेलडाँडी गाउँपालिका र फागुनको अन्तिम साता बेलौरी नगरपालिकामा उक्त कार्यक्रम गरिने उपप्रमुख सञ्जालले जनाएको छ । नेपालबोध डटकम बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व