तिमिलाई भेटन भनेर तिम्रो बाटो हेरिरहे
टाढा पुगेकि थियौ मैले बोलाईरहे
के गर्ने केहि सोच्न सकेको छैन
छटपटी भयो मनमा आशु थाम्न सकिन
तिम्रो यादमा यो मनलाई दौडाईरहे
टाढा पुगेकि थियौ मैले बोलाईरहे
पुरानो मायालाई पनि सम्झनुपर्छ
आफैले आफु सँग प्रश्न सोध्न सक्नुपर्छ
अतित कि मायालुलाई मैले सम्झिरहे
टाढा पुगेकि थियौ मैले बोलाईरहे
तिमिलाई भेटन भनेर तिम्रो बाटो हेरिरहे
टाढा पुगेकि थियौ मैले बोलाईरहे
नाम – गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी









Discussion about this post