जीवनमा आदत जरुरत सब बदल्नु पर्छ
सब दोस्ती प्यार मोहबत सब बदल्नु पर्छ
ब्रह्माण्ड गतिशील छ बस यहीँ शाश्वत हो
यहाँ सारा प्रतिष्ठा इज्जत सब बदल्नु पर्छ
यहाँ सारा प्रतिष्ठा इज्जत सब बदल्नु पर्छ
यो कानुनले शासन गरेको मुलुक हो यहाँ
मुजुल्का मुद्दा नजिर खत सब बदल्नु पर्छ
मुजुल्का मुद्दा नजिर खत सब बदल्नु पर्छ
अर्काको ईर्ष्या गरेर आफ्नो भविष्य बन्दैन
बरु आफ्नै वर्तमान विगत सब बदल्नु पर्छ
बरु आफ्नै वर्तमान विगत सब बदल्नु पर्छ
राजनीतिमा निष्ठा हुन्छ भन्ने मूर्ख यहाँ बरु
सिद्धान्त विधि विचार मत सब बदल्नु पर्छ
सिद्धान्त विधि विचार मत सब बदल्नु पर्छ










Discussion about this post