हिड्दा हिड्दै तिमीसँग कसरी चिनजान भयो
कसरी एकान्त रात बित्यो कसरी बिहान भयो
तिमीसँग भेटेपछि मदहोस भएछु तिम्रो नसाले
बस यति थाहा छ, भोजन भयो जलपान भयो
तिम्रो सौन्दर्यको सामु प्रकृति पनि झुकिन प्रिय
समुन्द्रले रुप फेर्यो, सुनामी भयो तुफान भयो
आजसम्म मैले मन्दिर सम्झेर पुजेको आखिर
कसरी यो छाती तिम्रो लागि खेल मैदान भयो
सजाएका सपनाहरू मरे म स्वयं मलामी भए
मेरो यो मन सपनाहरू जलाउने श्मशान भयो









Discussion about this post