बाँच्नको लागि संघर्ष जीवनभर हुन सक्छ
हेर! हराएको खुसी तिम्रो वरपर हुन सक्छ
एकनास हुँदैन समय यहीँ एउटा सत्य हो
कहिले बसन्त, कहिले पतझर हुन सक्छ
वाह! भन्छ हाँसेर बोल्दा यो दुनियाँ बुझ्दैन
पिडाहरू चुम्दै मुस्कुराउने अधर हुन सक्छ
मुहार हेर्दै खुसीको हिसाब नगर्नु जीवनमा
दु:खको वा खुसीको महासागर हुन सक्छ
नाम्लोले थिचेको निधार हो कमजोर हुँदैन
मौका मिले अब प्रमाणित जबर हुन सक्छ









Discussion about this post