मन थाकेको बेला तिमिले मेरो मन भुलायौ
त्यो रुखको छाहारीमा बस भनि देखायौ
तिम्रो मनको कुरा पढदा मेरो कथा पाउछु
जहाँ गए पनि तिमिलाई देखेपछि रमाउछु
मनमा के के चल्छ यहाँ तिमिले हेरिदिदा
मनमनै सोच्ने गर्छु मुस्कान छरेर हिडिदिदा
यो सुन्दर मौसममा यो मेरो मन रमायो
त्यो रुखको छाहारीमा बस भनि देखायौ
तिमि हिडने ठाउँ सधै सुन्दरताले भरिपुर्ण होस
हाम्रो मनमा विश्वास सधै रहिरहोस
मन भित्रका भावनाहरु मैले सुनाउदै छु
तिमि आउछौ कि भनेर मैले सम्झेको छु
नाम : गोबिन्द राज ओझा ९राजन०
ठेगाना दिपायल-सिलगढी न.पा. २ दिपायल डोटी









Discussion about this post